Dailo News
२०८३ श्रावण १९ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १९ मंगलवार

नेप्से सुचक घट्याे काराेवार रकम भने बढ्याे

कार्तिक ७ दैलाे न्युज सुर्खेत 

बुधबार नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ भने कारोबार रकम बढेको छ।

बुधबार ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर खरिदबिक्री भएको छ।

बैंकहरुको वित्तीय विवरण प्रकाशन पछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको भएता पनि बैंकहरुले आम्दानी बढाउन नसकेको र राष्ट्र बैंकको सहुलियतले मात्रै नाफा बढाएको विवरण सार्वजनिक भए पछि शेयर बजारमा बिक्रीकर्ता हाबी भएका हुन।

बुधबार कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स र व्यापार बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ जसमा बैंकिंग उपसमूह सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ।

बुधबार आइसिएफसी फाइनान्सको सबैभन्दा धेरै ४३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ भने कुमारी बैंकको २६ करोड ९७ लाख र साहस उर्जाको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीहरुमध्ये बुधबार आइसिएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको ९.९३ प्रतिशत र मञ्जुश्री फाइनान्सको ६.६७ प्रतिशतले बढेको छ।

यता महुली लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेकाे छ भने हिमालयन बैंकको ४.०७ प्रतिशत, सिटिजन्स बैंकको ३.९७ प्रतिशत र ग्रिन भेन्चर्सको ३.९३ प्रतिशतले घटेको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।