Dailo News
२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

इरान युद्ध रोकिन लागेको हो ?

दैलो न्युज सुर्खेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम एसियामा जारी इजरायल–इरानबीच आक्रमण लगातार बढिरहेको र परिस्थिति अत्यन्तै तनावपूर्ण बनिरहेका ट्रम्पको यस्तो भनाइ आएको हो ।
 
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले आफ्ना सैन्य लक्ष्य लगभग हासिल गरिसकेको बताएका छन् ।
अमेरिकाको उद्देश्य इरानको मिसाइल शक्तिलाई ध्वस्त पार्नु, रक्षा संरचनालाई कमजोर बनाउनु र उसलाई परमाणु क्षमता हासिल गर्नबाट रोक्नु रहेको पनि सञ्जालमा लेखेका छन् । 
अबको अवस्थामा युद्धलाई क्रमशः अन्त्य गर्ने दिशामा सोच्न सकिने उनले बताए ।
ग्यास फिल्डमा भएको आक्रमण, युद्धको नयाँ मोड
 
यसै हप्ता इजरायलले इरानको एउटा महत्त्वपूर्ण ग्यास फिल्डमा आक्रमण गरेपछि परिस्थिति थप बिग्रिएको छ । यसको जवाफमा इरानले कतारमा रहेको विश्वकै सबैभन्दा ठूलो एलएनजी प्लान्टलाई निशाना बनायो । यो टकरावको सीधा असर विश्व बजारमा परेको छ, जसका कारण तेल तथा ग्यासको मूल्यमा तीव्र वृद्धि देखिएको छ ।
इरान युद्धका सन्दर्भमा ट्रम्पका पाँच प्रमुख लक्ष्य थिए । जसमा इरानको मिसाइल क्षमता र लन्च प्रणालीलाई पूर्ण रूपमा समाप्त गर्ने, रक्षा उद्योगलाई कमजोर बनाउनुका साथै क्षति पुर्‍याउने रहेका छन् ।
 
यसैगरी, एन्टि–एयरक्राफ्ट प्रणालीसहित इरानको नौसेना र वायुसेना शक्तिलाई सिध्याउने, इरानलाई परमाणु हतियार क्षमता हासिल गर्नबाट हरहालतमा रोक्ने तथा इजरायल, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सजस्ता सहयोगी देशहरूको सुरक्षा सुनिश्चित गर्ने रहेका छन् ।
युद्धबीच बढ्दो क्षति इरानको जवाफी आक्रमणमा एक अमेरिकी एफ–३५ लडाकु विमानमा क्षति पुगेको खबर आएको छ । यद्यपि, पाइलट सुरक्षित रहेको बताइएको छ । यसैबीच तेलको बढ्दो मूल्य र आपूर्ति संकटलाई ध्यानमा राख्दै अमेरिकाले समुद्रमा फसेका इरानी तेल ट्यांकरहरूलाई अस्थायी राहत दिने निर्णय गरेको छ ।
 
के साँच्चै युद्ध रोकिन्छ ?
 
ट्रम्पको बयानले अमेरिका युद्धलाई लम्ब्याउने पक्षमा नरहेको संकेत दिएको छ । तर, जमिनको वास्तविक अवस्था अझै पनि तनावपूर्ण छ । इरान–इजरायलबीच आक्रमण जारी छन् । कुनै पनि समय परिस्थिति थप भयावह हुन सक्ने देखिन्छ । यस्तो अवस्थामा कूटनीतिक प्रयास सफल हुन्छन् वा संघर्ष अझ गहिरिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।
 
 
 
Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।