Dailo News
२०८३ कार्तिक ७ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक ७ शुक्रबार

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

दैलो न्यूज सुर्खेत 

देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

 

आगामी समयमा देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा पनि आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

देशका हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मौसम प्रभावित बन्नेछ। 

महाशाखाका अनुसार देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। यसका साथै सोही क्षेत्रका एक-दुई स्थानमा हिमपातको सम्भावना समेत रहेको छ।’

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।