Dailo News
२०८३ श्रावण २३ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २३ शनिबार

विद्याज्योति निकेतन सुर्खेतमा अन्तर विद्यालय स्तरीय वक्तित्वकला सम्पन्न ।

भाद्र २८ दैलो न्युज सुर्खेत ।

वीरेन्द्रनगरमा अवस्थित विद्याज्योति निकेतन विद्यालय एक स्थापित विद्यालय हो । जसले प्रत्येक वर्ष आफ्नो विद्यालयमा हुने अतिरिक्त क्रियाकलापसँगै अन्तरविद्यालय स्तरीय विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यो वर्ष पनि ६० औँ बाल दिवस बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ मनाउने क्रममा २० वटा विद्यालयहरूको सहभागितामा वक्तित्वकला कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त वक्तित्व कला कार्यक्रमको शीर्षक हरू अङ्ग्रेजी माध्यममा क्रमश: “students roll in promotion in child right” र “artificial intelligence makes life comfortable” भन्ने थियो । उक्त कार्यक्रमको अध्यक्षता उक्त विद्यालयका प्रधानाध्यापक धुर्वसिंह ठकुरीले गर्नुभएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथि वीरेन्द्रनगर नगर शिक्षा समितिका प्रमुख धीरेन्द्र प्रसाद शर्मा हुनुहुन्थ्यो ।

त्यसैगरी विशेष अतिथि हरुमा नेसनल प्याब्सन केन्द्रीय उपाध्यक्ष कमल कुमार सिंह, त्यसैगरी नेशनल प्याब्सन जिल्ला अध्यक्ष कुसुम कुमार भट्टराई,नेशनल प्याब्सन जिल्ला सचिव दिनेश दाहाल,प्याब्सन वीरेन्द्रनगर अध्यक्ष हुमलाल भट्टराई, यसैगरी विद्यालयका सञ्चालकसमिति अध्यक्ष विष्णु प्रसाद शर्मा हुनुहुन्थ्यो भने, निर्णायक मण्डलहरूमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापकहरू रेशम बिष्ट, रमेश खत्री र ताराप्रसाद पौडेल रहनुभएको थियो । उक्त कार्यक्रम अत्यन्त सौहार्द पूर्वक सञ्चालन भएको कुरा प्रमुख अतिथिले व्यक्त गर्नुभएको थियो। आगामी दिनहरूमा पनि विद्यालयले यस्ता गतिविधिहरु सञ्चालन गरोस् भन्ने उहाँको अपेक्षा थियो । साथै यस्तो कार्यक्रम सञ्चालन गरेकोमा विद्यालयलाई विशेष धन्यवाद दिँदै विद्यार्थीहरूलाई पनि आफ्नो धन्यवाद व्यक्त गर्नुभएको थियो। यसैगरी कार्यक्रममा बोल्ने वक्ताहरूले यो कार्यक्रम अत्यन्त राम्रो भएको कुरा व्यक्त गर्नुभएको थियो। यसरी हुने अन्तरविद्यालय स्तरीय कार्यक्रमले विद्यार्थीहरू माझ भएको प्रतिभाहरुलाई उजागर गर्ने कार्य गर्ने गर्दछ ।

उक्त कार्यक्रमको समापन कार्यक्रममा बोल्दै यस विद्यालयका प्रधानाध्यापकले यो कार्यक्रममा २० वटा विद्यालयले आफ्नो सहभागिता जनाई आइदिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो। साथै आगामी मङ्सिर २१ गते हुने हिज्जे प्रतियोगिता सहभागी भइदिनु हुन पनि विशेष अनुरोध गर्नुभएको थियो।

उक्त कार्यक्रममा प्रथम स्थान हासिल गर्ने विद्यालय सिद्धार्थ पाठशाला, द्वितीय स्थान हासिल गर्ने डी भी निकेतन, तृतीय स्थान हासिल गर्ने कोपिला भ्याली र सान्त्वना स्थान हासिल गर्ने सेलेन्डाइन एकेडेमीका विद्यार्थीहरू रहेका थिए । स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनी हरुलाई नगद सहित प्रमाणपत्र र अन्य सम्पुर्ण सहभागी विद्यालयलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरूको सक्रिय उपस्थिति रहेको थियो।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।