Dailo News
२०८३ श्रावण २४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २४ आईतवार

मनिष झाको टिप्पणी : सरकार सञ्चालनमा ढंग पुगेन, कालो चस्मा हटाउनुपर्छ

दैलो न्युज सुर्खेत
लोकेन्द्र बि.सी.
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकार सञ्चालनमा ढंग नपुगेझै लागेको टिप्पणी गरेका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसलाई स्वीकार गर्नुपर्ने बताएका हुन्।
 
उनले लोकतान्त्रिक राज्यको लागि र अहिलको परिस्थित हेर्दा एउटा मुलमन्त्र आवश्यक रहेको बताए । ‘राज्य प्रणालीमा, राज्य संचालनमा, संविधान र लोकतन्त्रको संरक्षणमा के मुलमन्त्र आवश्यक छ भनेर हेर्दा के लाग्छ भने राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास,’ उनले भने, ‘यो दुइटा कुरा लक्षित मुल मन्त्र राखेर आफ्नो राज्य संचालन, सबै पद्धतिहरूलाई, सबै कुराहरूलाई यसमा केन्द्रित गर्‍यो भने अलि हामी केही हासिल गर्न सक्छौं ।’ उनले सरकारको योजनामा सही भए पनि सञ्चालनको ढंग भने नपुगेको बताए। ‘अहिलेको कुरामा इन्टिग्रिटीको प्रश्न छैन । इन्टिग्रिटीमा कुनै पनि शंका छैन । इन्टेन्सनमा पनि कुनै प्रश्न छैन । तर कता कता ढंग नपुगेको हो कि ! भन्ने लाग्छ’ सांसद झा थप्छन्, ‘र त्यो स्वीकार्नुपर्छ ’ उनले भने ।
कम ज्ञान भएका व्यक्तिले आफ्नै क्षमतालाई धेरै मूल्यांकन गर्ने प्रवृत्ति देखाउन सक्ने भनेर पनि उनले सरकारलक्षित टिप्पणी गरे ।
 
उनले भनेका छन्, ‘इफ यु डन्ट नो, ह्वाट यु डन्ट नो, देम यु डन्ट रियल्ली नो, ह्वाट यु डन्ट नो ।’ अर्थात्, आफूलाई के थाहा छैन भन्ने कुरा आफैँले जाँनुपर्ने र त्यो कुरा सिक्नुपर्ने उनको आग्रह छ ।
 
गुगलको सीईओको सुन्दर विचार भन्दै उनले त्यो पनि सम्झिए, ‘द डे यु फिल द्याट यु ह्याभ लर्न एभ्रिथिङ यु आर अलमोस्ट डेड ।’
जुन दिन आफूलाई सबै चिज थाहा छ भन्ने लाग्छ त्यो दिन त्यस्तो सोच्ने व्यक्ति मृत्यु समान हो भनेर गुगलको सीइओले भनेको स्मरण गराउँदै उनले सरकार सञ्चालनका सन्दर्भमा यो ख्याल गर्न आवश्यक रहेको बताए।
 
‘हामीले हरेक दिन यो राज्य प्रणालीको संचालनको कुराहरुमा अझै ढंग सुधार्नु पर्छ कि जस्तो लाग्छ,’ झा भन्छन्, ‘समाज शिक्षित नभएसम्म त्यहाँ राजनीति जीवित रहँदैन,’ उनले भने, ‘यदि राजनीति जीवित छैन भने लोकतन्त्र जीवित हुँदैन । यदि लोकतन्त्र जीवित छैन भने त्यस्ते समाजमा सामाजिक सन्तुलन जीवित रहँदैन । समाजमा सामाजिक सन्तुलन छैन भने सामाजिक न्याय जीवित रहँदैन ।’
 
उनले नेपालको दिगोपनमा योगदान दिनेहरूमा मधेश, प्रवास र निजी क्षेत्र रहेको बताउँदै ती क्षेत्र सुरक्षित पार्न सरकारले ध्यान दिनुपर्ने बताए ।
 
‘तर हेर्नुस् न दुर्भाग्य तिनै असुरक्षित छ । मधेसमा भर्खरै आगो बल्यो । हामीले जसो तसो निभाउन सक्यौं तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभ्या छैन’ उनले भने, ‘त्यहाँ २५ रुपैयाँको चिप्स खोसिन्छ । तर सन्तुलन छैन भन्ने कुरा हेर्नुस् न एयरपोर्टमा त ब्लु लेबल र ल्यापटप ल्याउन दिनुभएको छ । अनि मधेसको बोर्डरमा २५ रुपैयाँको चिप्स किन खोसिँदैछ ?’
 
बोर्डरबाबाट आउने गरिबलाई एउटा व्यवहार गरिन्छ र एयरपोर्टबाट आउने धनीलाई अर्को व्यवहार किन गरिन्छ भनेर प्रश्न गरे । ‘कहाँसे आते है ये लोग ? और कहाँसे आते है ये सोच ? भन्ने ठुलो जनताले प्रश्न सोध्दैछन्’ रास्वपा सांसद झा भन्छन्, ‘हामीमा किन असन्तुलन छ ? व्यवहार किन सन्तुलित छैन ?’
 
समाज धनी हुनु जति आवश्यक छ त्यसमा संस्कार र सभ्यता पनि त्यतिकै आवश्यक हुन्छ भन्ने ख्याल गर्न सरकारलाई उनको आग्रह छ ।
 
‘पैसा धेरै भयो तर सभ्यता छैन भने त्यो जोखिम हुन्छ’ उनले भने । जुन देश विकसित छैन त्यो देशमा राजनीतिज्ञप्रति जनताको आस्था र विश्वास धेरै उनले भने ।
 
यस सन्दर्भमा सोच परिवर्तन आवश्यक रहेको भन्दै उनी थप्छन्, ‘हामीले हाम्रो सवारी साधनको कालो सिसा त हटायौं, कालो स्टिकर त हटायौं । अब सम्भवत कालो चस्मा पनि हटाउनु पर्छ, यो आवश्यक छ ।’फेरि पनि राज्य यदि सन्तुलित हुँदैन भने समुन्नत विकास गर्न नसकिने ख्याल गर्न सरकारलाई उनको आग्रह छ । नेपाल सरकारले प्रवासलाई पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ ।
 
निजी क्षेत्र त्रसित रहेकोबारे उनले सरकारको ध्यानाकर्षण गरे ।
 
‘क्षेत्र निजी क्षेत्र त्रसित छ । प्रहरी देखेपछि म सुरक्षित छु भन्ने सोच्नुपर्ने नागरिकहरु प्रहरी देखेर तर्सिन्छन् । कुन बेला धरपकड गर्ला, कुन बेलामेरो घरमा छापा मार्ला भनेर’ उनले भने ।
 
सरकारलाई उनको आग्रह छ, ‘निजी क्षेत्रलाई आत्मविश्वास दिनुस् । भएको पैसा खर्च गर्न दिनुस् । बैंकमा भएको पैसा लगानी गर्न दिनुस्, यो वातावरण दिनुस् यो आवश्यक छ’ उनी भन्छन्, ‘अर्थमन्त्रालयबाट केही प्रयासहरु भइराखेको छ । तर त्यो प्रयास पेपरमा मात्र छ, व्यवहारमा देखिएको छैन ।’
 
 
 
Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।