Dailo News
२०८३ श्रावण २० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २० बुधबार

हवाई सुरक्षाबारे पर्यटन मन्त्रीले रक्षामन्त्री र नेपाली सेनासँग लिए राय

श्रावण २७, दैलो खबर, सुर्खेत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार बारे रक्षामन्त्री मानवीर राई र कामु प्रधानसेनापति अशोक सिग्देलसँग राय लिएका छन् ।

छलफलमा नेपाली सेनाका अधिकारीहरूले तालिम र व्यवस्थापन, अवलम्बन गरेका असल अभ्यासबारे सुझाव दिएका छन् । भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्न ठाउँ–ठाउँमा मौसमी सूचना बारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्ने लगायत विषयमा नेपाली सेनाले सुझाव दिएको छ ।

एक महिनामा जहाज र हेलिकप्टर दुर्घटना भएपछि पर्यटन मन्त्रीले आइतबार रक्षामन्त्री, प्रधानसेनापति साथै दुई मन्त्रालयका सचिवहरू सँग सामूहिक छलफल गरेका छन् । नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले गैरसैनिक हवाई उडानलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव मागेका हुन् । हालै भएका हवाई दुर्घटना छानबिन समिति गठन भए पनि अध्ययन प्रतिवेदन आउन बाँकी छ ।सिस्टम’ (समग्र प्रणाली) र नियम कानुनको कमी नभएको तर कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

सेनाको हवाई सुरक्षा सन्दर्भमा आफ्नै निर्देशिका भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को निर्देशिका पछ्याउन नपरेको प्रष्ट पारेको छ ।

धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनुपर्ने, नागरिक उड्डयन प्राधिकरण, आइकाओ र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमनमा जोड दिनुपर्ने विषयमा समेत सुझाव दिइएको थियो ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।