Dailo News
२०८३ श्रावण २० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २० बुधबार

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत

श्रावन २९ ,दैलो खबर ,सुर्खेत।

सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने गरेको छ ।

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन् ।

प्रवक्ता गुरुङले एसियाली विकास बैंकबाट सिँचाइ सम्बन्धी परियोजनाको लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात नेपाली रुपैयाँ करिब १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको बताए ।

उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त भएको जानकारी दिए । उनले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरिएको पनि बताए । उनले भुटानमा २०८१ साउन २९ गतेदेखि ३२ गतेसम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेण्ट बडी अफ साउथ एसियाको १२ सम्मेलनका सन्दर्भमा सहभागीका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

सरकारले भू–उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा १ को खण्ड ञ बमोजिम संयीयत भूउपयोग परिषद्को समस्यमा चितवनका डा रेवती रमण पौडेल , डा यमुना घले र काठमाडौँका डा. रेश्मा श्रेष्ठ र जगतबहादुर दैजालाई मनोनयन गर्ने निर्णय गरेको छ । नेपाल सरकारको नाममा रहेको सिराहाको नवराजपुर गाउँपालिका– ४ को १९ कट्ठा बिघा जग्गा इलाका प्रहरी कार्यालय झाजपट्टी, सिराहालाई प्रयोग गर्न स्वीकृत दिएको छ ।

निजामती सेवाका राजपक्राङ्कित प्रथम श्रेणीका सहसचिवहरु इन्द्रविक्रम जोशी र खुमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत समेत मन्त्रिपरिषद्ले गरेको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।