दैलो न्यूज सुर्खेत
नेपाल पब्लिक क्याम्पस संघ कर्णाली प्रदेश कमिटीको छैठौं पूर्ण बैठक संघका अध्यक्ष तेज बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा प्रमुख अतिथिका रूपमा डा. पूर्ण भण्डारीको उपस्थिति रहेको थियो।
बैठकमा संघका केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा कर्णाली प्रदेशअन्तर्गतका सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापक र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संघका सचिव बालकृष्ण बी.सी. ले गर्नुभएको थियो।
बैठकमा कर्णाली प्रदेशका सामुदायिक क्याम्पसहरूले भोगिरहेका समस्या, चुनौती र भावी कार्य दिशाका विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले विभिन्न सल्लाह, सुझाव तथा सकारात्मक धारणा प्रस्तुत गरेका थिए। छलफलका आधारमा सामुदायिक क्याम्पसको सुदृढीकरण, गुणस्तरीय शिक्षा र अधिकार सुनिश्चितताका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गर्दै बैठक सफलतापूर्वक सम्पन्न भएको संघले जनाएको छ ।








