श्रावण २७, दैलो खबर, सुर्खेत।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
आइतबार दिउँसो शिष्टाचार भेटका क्रममा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्र मार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।
भारतीय विदेश सचिव सँगको भेटमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगाएत सहभागी थिइन् ।








