Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

बाढीपहिरो प्रभावितलाई कर्णाली सरकारले ५० लाख सहयोग गर्ने ।

दैलो न्युज सुर्खेत ।

कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।

शुक्रबारदेखि परेको वर्षाले मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ । उपत्यकालगायत देशै भरका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले कोषमा सहयोग रकम दिने निर्णय गरेको हो । त्यस्तै बैठकले प्रदेशसभाको चालू अधिवेशन पनि अन्त्य गरेको छ । प्रदेशसभाको चालु अधिवेशन १५ असोज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस निर्णयसमेत गरेको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।