Dailo News
२०८३ श्रावण २१ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २१ बिहीबार

बिद्यालयका शिक्षकहरुको लागि वाल केन्द्रित शिक्षण सिकाई प्रक्रिया सम्बन्धित तालिम सम्पन्न ।

गोविन्द गुरुङ

भाद्र १९, दैलो खबर, सुर्खेत।

दैलेख – नौमूलेगाउँपालिका वडा न ६ स्थित श्री शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षहरुका लागि वाल केन्द्रीत शिक्षण सिकाई ३ दिने तालिम केड सुर्खेतको र महिला सशक्तिकरण मंन्च दैलेख सहयोगमा उक्त तालिमको आयोजना वडा नं ६ वडाकाे आयोजनामा संचालन गरिएको थियो ।

३ दिने तालिममा सिकेका कुरालाई स्वागत मन्तव्य दिदै विद्यालय प्रधानाध्यापक मान वहादुर रावतले शिक्षन सिकाई मा गरेका क्रियाकल्पलाई ४ वटा विद्यालयका शिक्षक हरुले वालवालिकालाई सिकाउनुहुनेछ, र सामाग्री अभिभावकलाई भेला गरि विद्यालयमा वितरण गरिनेछ रावतले वताउनु भएको छ ।

विद्यालयका शिक्षक नरेन्द्र शाहीले हाम्रो पेसा शिक्षा भएको कारणले दाइक्तो हुन्छ। नितान्तरुपमा बालवालिकाहरु लाई वैशाख महिनामा गर्नु पर्ने हो कारण वस् समय को अभाव र प्रविधिको कारणले गर्दा ढिलो भाको हो । १८ वर्ष देखि मुनिका वालवालिकालाई बालकेन्द्रित सिपमूलुकका तालिम, शैक्षिक सामाग्री, को आवस्थता हुनुपर्छ । ढिलो भएपनि केड र महिला सशक्तिकरण मंन्च संस्था स्थानिय सरकारको सहयोगमा ३ दिने तालिम वाट धेरै कुरा सिकने अवसर पाइयो अझै पालिकाले वाल केन्द्रित तालिमको थप सहयोग गर्नुपर्ने आवश्यकता रहेको शाहीले वताउनु भएको छ ।

-जनता प्राथामिक विद्यालयका प्रधानाध्यापक भक्त वहादुर चन्दले धेरै वर्ष पछाडी विदेशबाट फर्कीएको छोरा को कहानी र वर्ष दिनमा आउने चेलिको तिज जस्तै भयो तालिम २०६५ सालमा रातो बंगलावाट तालिम पछि अध्यारो वत्ति मुनी झै भो ।

वालवालिकालाई पुरानो सैलिमा कखरा ११ दुना ११ पढाउनु र कितावी ज्ञान वाहेक अरु कुनै सिप मुलुक ज्ञान दिन सकेको थिएन । धेरै यहाँ पछाडि यो तालिम गर्दा हामी सबै शिक्षक खुसी नै छौ । विद्यार्थीलाई पनि सिकाउन सजिलो र खुसी साथ सिक्न सक्ने रहेको छ । •१४ अंचल ७५ जिल्ला वाट गाउँविकास समिति अहिले गाउँगाउँमा सिहंदरवार आएको छ। कुनैपनि देशको नाम आउने पहिलो नम्बरमा शिक्षा र कृषि रहेको छ। अमेरिका वाट नौमूले गाउँ सभा हलमा पालिका अध्यक्ष लगाएत सम्पूर्ण कर्मचारी विच भोवास सुनाउनुभएको थियो । जुन कुरालाई – प्राथामिक दिने हो भनेर सोच्न पर्दछ र शिक्षा हासिल गर्न सकिन्छ चन्दले वताउनु भएको छ ।

वडामा वजेट आउँछ पालिकामा वजेटबाट आउछ। कुन तालिमलाई पहिलो प्रथामिक दिनुपर्छ भनेर जनप्रतिनिधिले बुझ आवस्यकता रहेको छ। विद्यालयमा शिक्षण सिकाई गर्नुपर्ने आवस्यक पर्ने रहेको सामाग्री हरुलाई राख्नका लागि गुणस्तरिय भवन नभएको र शौचालय, पनि जंगल तिर जानुपर्ने वडा न.६ सल्लेरीका केही विद्यालयहरु छन ।

‘विद्यालय छ, पठन पाठन गर्ने टिचर छैन, टिचर छ छानो चुईने पानी पयो भने घरतिर जानुपर्छ विकासको नाममा सिचाई कुलो, सडक मर्मत अन्य शिक्षामा कसैको ध्यान नभएको बाल चौतारी बिधालयकि प्रधानध्यायक शिक्षिका पविमाया गुरुङ्गाले वताउनु भएको छ।’

वातावरणीय कृषि तथा विकास केन्द्र (केड) र महिला, सशक्तिकरण मञ्च नेपाल, दैलेखको साझेदारीमा संचालित महिला, किशाेरी तथा वालअधिकार कार्यक्रम नौमुले गाउपालिकाको वडा नं. १, ५, ६, मा बाल अधिकार, बालविवाह आङ खस्ने सवाल, महिनावारी सरसफाई, लैंगिक विभेद र किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार सवालमा काम गर्दै आइरहेको यस्ता विभिन्न किसिमको सवालहरुमा कामगर्नको लागि स्थानीय तह संग समन्वय र सहकार्य गरि आउने दिनहरुमा समेत निरन्तरता दिने किशोरी सशक्तीकरण अधिकृत जानकी घर्ती मगर ले बताउनुभएको छ।

विद्यालयमा आधारित बाल कार्यक्रम अन्तर्गत नौमुले गाउपालिका वडा न १ , ६ को आयोजनामा केड र महिला सशक्तिकरण मञ्चको सहयोग ने.रा.मा. वि. भाङ्घारी तोली र श्री शिव शक्ति मा.वि. को समन्वयमा मिती २०८१ भाद्र १० देखी १४ तोलीमा र २०८१ भाद्र १६ देखी १८ गते सम्म १२ वटा बिधालय रहेको सम्पूर्ण शिक्षकहरु रहेका विद्यालयका प्र.अ.र एक जना शिक्षक सहितको उपस्थितिमा बाल केन्द्रित शिक्षण सिकाइ प्रक्रिया सम्बन्धित कार्यक्रम गरिएको कार्यक्रम संयोजक निर्मला शाहीले बताउनु भएको छ ।

बालकेन्द्रित क्रियाकलापहरुमा अभ्यास (नेपाली र अङ्ग्रेजी)
कक्षाका नियमित क्रियाकलापहरुको चिनारी र अभ्यास, शिक्षक विद्यार्थी अन्तरक्रिया, शान्तिको कामना, आजको क्यालेण्डर, समाचार आदान प्रदान, कथा बाचन, सन्देश बाचन र छलफल, आमा भेला, विद्यालयक वातावरणसीत परिचय, विषयगत हाजिरीको क्रियाकलाप ।

१) स्तम्भ लेखाचित्रको क्रियाकलाप २) अंक संख्या चिनारी र गन्ती गर्ने क्रियाकलाप (३) जोड र घटाउमा अभ्यास (४) कति भयो ? कति हुन्छ ? (जोड र घटाउ) (५) अंक विड्‌गो खेल (जोड र घटाउ)

ध्यानाकर्षण खेल
•मात्रा चिनारी र सामग्री निर्माण  • छपाइले भरिपूर्ण कक्षाकोठा
• म को हुँ ? Who am I?  • सिर्जनात्मक लेखन
• आकारको खोजी स्तम्भ लेखा चित्र

शिक्षक र विद्यार्थीबीच सम्बन्ध स्थापनाका क्रियाकलाप (कक्षामा विद्यार्थी र कक्षाका आमाहरुलाई स्वागत गर्ने, एक आपसमा परिचय गर्ने, कक्षा बैठक गर्ने, कक्षाको समय जानकारी गराउने, कक्षाको नियम बनाउने, कक्षाको कामको बाँडफाँड गर्ने, विद्यालयको वातावरणको परिचय गराउने, कथा बाचन गर्ने, खेल खेलाउने, गीत गाउने र नाच्ने आदि अभ्यास गराउने ।

  • समाचार आदानप्रदान अभ्यास गर्ने, सन्देस बाचन र छलफल गराउने, कक्षाका आमाहरुसँगको बैठक गर्ने ।
  • म कहाँबाट र को कहाँबाट खेल,
  • विरुवाको वर्गिकरण सजिब र निर्जव बस्तुको वर्गिकरण,
  • सरसफाइ गीत र खेल अभ्यास नेपाली र अङ्ग्रेजी विषयमा बालकेन्द्रित क्रियाकलापमा अभ्यास र शुक्ष्म शिक्षण ।
  • अक्षर भित्र अक्षर र शब्द।
  • अक्षर र शब्द वि‌ङ्गो खेल ।
  • अक्षर र शब्द ढाक्ने खेल।

यहीँ बिषय बस्तुमा रहेर तालिम संचालन गरिएको कुरा केड सुर्खेतको किशोरी सशक्तीकरण अधिकृत जानकी घर्ती मगरले बताउनुभएको छ ।

दैलेख जिल्ला दूरदरास्त भुमि नौमू‌लेको बस्ती सल्लेरी वडा न ६ शिव शक्ति तालिम कक्षामा तालिम लिदै गर्दा नेपाल आर्मीका नेपाल प्रहरीको शस्त्र प्रहरीको जवनलाई दिने तालिम होइन एउटा वालवालिकाको सुनौलो भविष्यका लागि शिक्षक- हरुलाई ३ दिने तालिमबाट हामी संग ज्ञान र सिप छ तर सामाग्री छैन अवल हुदाहुदै पनि गर्नुपर्छ गर्ने शब्द आएको छैन ।

जेष्ठ २ गते वडा बाट टोल बिकास समितिलाई महत्त्वपूर्ण आवश्यकता योजनाको मागको लागि अषाढ १० गते सम्म वडा र पालिका सरकारको बजेट बाट हुन सक्ने काम पठाउनु होला भनेको ।
दुईवटा टोल कमिटीबाट चिठी नै आएन ,८ वटा आएको
पकी पुल निमार्ण ,सिचाइ कुलो, गोरेटो बाटो ,खानेपानी जस्ता कुराको मात्रा जवाफ पाएको छौ ।

• दुईवर्ष देखि भवन जिर्ण भएपछि अर्थमन्त्रालय वाट २५ लाख
• सामाजिक विकास मन्त्रालय वाट ३० लाखले नयाँ – भवन
निमार्ण गर्न की विद्यालय सार्ने, समस्या छ ।

‘जन्ता प्राथामिक भवन सार्नुपर्ने आवस्यकता रहेको छ। शिव शक्ति भवन निमार्णमा आएको बजेट सिफारीस गर्न
व्यक्तिले ध्यान दिनुपर्ने। अहिलेसम्म भैरवस्थान विद्यालय जिर्ण अवस्थामा रहेको छ। नत ढोका झेल्ल, रेलिङ्ग, रंगरोगन गर्न नसक्दा गाईगोठ वनाउन मिल्छ। व्यवस्थापन समितिहरुले वाल वालिकाको नाममा राजनितिक गर्ने व्यवस्थापन अध्यक्ष गाउँ टोल समितिलाई तकाल कारवाही गर्नुपर्छ त्यसका लागि – अदालत उच्च अदालत सम्म पुग्ने वडा अध्यक्ष लाल वहादुर चन्दले बताउनुभएको छ ।’

पालिका अध्यक्ष छविराम सुवेदीले ‘हाम्रो पालामा मोबाइल फोन नै थिएन आझको समयमा सानो साना नानी बावुहरुले पनि मोबाइल फोन चलाउन सक्ने भएका छन प्रविधि संगै बिकास हुने रहेछ । पहिला नपढेका आमा बुबाहरुले पनि आज भोलि मोवाईल फोन चलाउनु हुन्छ ।
अहिलेको प्रविधिहेर्नेहो भने कृतिम मानिसहरुको निमार्ण भएका छन । यस्तो हाम्रा वालवालिकालाई कसरी सिकाउन सकिन्छ ।त्यसको लागि पहिला सिकाई गुरुहरूवाट नै गर्नु पयो संघीयता पछि शिक्षाको जिम्मा स्थानिय सरकार लाई दिएको छ। हाम्रो पालिकामा ५० वटा विद्यालय रहेका छन ६ हजार विद्यार्थीको संख्या रहेको छ भने सयौ शिक्षकहरुलाई ४ करोड तलब खर्च हुने ‘ बताउनुभएको छ ।

वि. वि .सं अध्यक्ष रत्न वहादुर बुढाले ‘यसकार्यक्रम वाट आउने दिनमा शिक्षक विद्यार्थीहरूले सिकेका कुराहरुलाई सही सीप सिके पछि पाइलट ,इन्जिनियर ,डाक्टर बन्न सक्ने भन्दै बुढाले कार्यक्रम समापन गर्नु भएको थियो ।’

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।