Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

बाजुराबाट भ्रमणमा हिडेका विद्यार्थी सवार बस सुर्खेतमा दुर्घटना ।

दैलो न्यूज सुर्खेत

लोकेन्द्र बि. सी.

बाजुराबाट कर्णाली राजमार्ग भएर सुर्खेतहुँदै पोखरा भ्रमणमा जाँदै गरेकाे बस आइतबार साँझ सुर्खेतमा दुर्घटनमा परेको छ । सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्गकाे बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको हाे ।

बाजुरा जिल्लाको भानुदय विद्यालयका २६ जना विद्यार्थी बोकेर पाेखरा भ्रमणको लागि हिडेको थियो। बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। २६ जना विद्यार्थीहरु मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन् । प्रहरी चौकी बड्डिचौरका अनुसार घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका ६ बस्ने १८ वर्षीय हेमराज जैशी र सुनिलराज उपाध्याय रहेका छन् ।

उनिहरुलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ। अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जैशीको दुबै हात, खुट्टा र ढाँडमा चोट लागेको छ भने उपाध्यायको छातिमा चोट लागेको प्रहरीले जनाएको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।