दैलाे न्युज, सुर्खेत ।
बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको छ ।
जस अन्तरगत बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, काेशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिममा हरि ढकाल रहेका छन् ।
उक्त बैठकले महाधिवेशनको नयाँ मिति पनि तोकेको छ ।
२०८२ आश्विनसम्ममा वडा अधिवेशन,कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन र २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गगरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ९ सय ७५ वडा समिति गठन भइसकेको छ भने त्यसमध्ये ७ सय वटा वडामा अधिवेशन समेत सम्पन्न भइसकेको छ।








