दैलो न्युज सुर्खेत,
घोडेनाथ संरक्षण समितिद्वारा आयोजित प्रथम सांस्कृतिक महोत्सव भेरीगंगा नगरपालिका वडा नम्बर ११ को महिला प्रशिक्षण केन्द्रको खुला मैदानमा यही कार्तिक १९ गते उद्घाटन भई १० दिनसम्म सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमको आज तेस्रो दिन को महोत्सवको सभाध्यक्ष रामबहादुर चन्द द्वारा गरिएको थियो । साथै आजको सांस्कृतिक महोत्सवको प्रमुख आकर्षक कलाकार लालुमाया कुँवर रहेकी थिइन्। उनले आफ्ना थुप्रै सांगीतिक प्रस्तुतिहरु राखी जनमानसको ध्यान केन्द्रित गर्न सफल भएकी थिइन् । साथै उक्त सांस्कृतिक महोत्सवमा थुप्रै अन्य स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । साथै उक्त कार्यक्रम सञ्चालनको जिम्मेवारी लिला थापालाई थियो ।








