Dailo News
२०८३ श्रावण २० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २० बुधबार

शैक्षिक परामर्शदातृ संस्थाहरूलाई शिक्षा मन्त्रालयको तीन शर्त ।

अश्विन ९ दैलो न्युज सुर्खेत ।

शैक्षिक परामर्शदातृ संस्थाहरूलाई शिक्षा मन्त्रालयको तीन शर्त पालना गर्न निर्देशन दिएको छ । शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्वतयारी कक्षा सञ्चालन गर्न मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरूलाई परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा अनिवार्य पालना गर्ने गरी मन्त्रालयले तीन शर्त अघि सारेको हो । मन्त्रालयले जारी गरेको सूचना अनुसार शैक्षिक परामर्शदातृ संस्थाहरूले नेपालका विश्वविद्यालयहरू, तिनमा पढाइ हुने कार्यक्रमहरू र नेपालमा प्राप्त हुने अवसरहरूको बारेमा परामर्श सेवा उपलब्ध गराउनुपर्ने छ । यस्तै, मेला सञ्चालनको अनुमति माग गर्दा निर्देशिकाले तोकेको प्रावधानका अतिरिक्त विगत एक वर्षमा परामर्श सेवाबाट विदेशी विश्वविद्यालयमा गएका विद्यार्थीहरूको पूर्ण विवरण पेस गर्नुपर्ने छ ।

 शैक्षिक मेला आयोजना गर्दा नवीकरण भएका वा मन्त्रालयमा नवीकरणका लागि प्रक्रिया पूरा गरेका संस्थाहरूमात्र सहभागी गराउने मन्त्रालयले प्रस्ट पारेको छ । परामर्श सेवामार्फत वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरू कुनै पनि समस्यामा परेको प्रामाणिक उजुरी प्राप्त भएमा मन्त्रालयबाट प्रदान गरिएको स्वीकृति तुरुन्त रद्द हुने मन्त्रालयले जनाएको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।