Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

स्थानीय तहको संख्या ५०० मुनि झार्ने रास्वपाको प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले संविधान संशोधनबारे पार्टीको धारणा पेश गरेका हुन् ।

स्वतन्त्र, गैरदलीय राष्ट्रपति र राष्ट्रियसभाको अध्यक्ष नै उपराष्ट्रपति हुने रास्वपाको प्रस्ताव छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र योग्य र विषय विज्ञहरुबाट मन्त्री बनाउने उनको प्रस्ताव छ । यो रास्वपाको पुरानै प्रस्ताव हो ।

पूर्ण समानुपातिक निर्वाचनको पक्षमा उभिने र राष्ट्रियसभालाई गैरदलीय विद्धान सभा बनाउने सभापति लामिछानेले प्रस्ताव गरेका छन् ।

लामिछानेले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका प्रमुखहरु रहेको विधायिकाबाट कानुन बनाउने प्रस्तावमाथि छलफल सुरु गर्ने प्रस्ताव गरेका छन् । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र ५ वटा मन्त्रालय राख्ने उनको प्रस्ताव छ ।

स्थानीय पालिकाहरुको संख्या पनि घटाएर ५०० मुनि ल्याउने रास्वपाको प्रस्ताव छ । ‘खर्चिलो, बोझिलो प्रदेश संरचना कुनै हालतमा स्वीकार छैन’ आगामी महाधिवेशनसम्म पार्टीको धारणा अझ प्रष्ट पार्ने भन्दै उनले भने ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।