Dailo News
२०८३ आश्विन ५ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ५ सोमबार

वैदेशिक रोजगारीमा १५० बढी देश जान्छन् नेपाली ।

दैलो न्यूज सुर्खेत ।

नेपालबाट वैदेशिक रोजगारीका लागि १ सय ५० भन्दा बढी देशमा नेपाली जाने गरेका छन् । नेपालमा राम्रो रोजगारीका अवसर नहुनु, पर्याप्त रोजगारी नहुनुजस्ता कारण पछिल्ला दशकमा धेरै नेपालीले वैदेशिक रोजगारीमा जाने गरेका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीका १ सय १० देश खुला गरिएको छ । तर, नेपाली भने १ सय ५० भन्दा बढी देशमा गएर काम गर्दै आएका छन् ।

पछिल्लो समय युरोपका देश नयाँ श्रम गन्तव्यका रूपमा धेरै नेपालीको रोजाइमा पर्ने गरेको छ । राम्रो तलब तथा सेवा सुविधा, सामाजिक सुरक्षा तथा मानवअधिकारका दृष्टिकोणले राम्रो मानिएका युरोपका विभिन्न देश नेपालीको रोजाइमा पर्ने गरेका छन् । ती देशमा मलेसिया तथा खाडीभन्दा बढी शुल्क तिरेर पनि जान मरिहत्ते गर्ने गरेको देखिन्छ ।

जबकि, सरकारले युरोपेली देशमा संस्थागत श्रम स्वीकृति दिने गरेको छैन । तर, पनि श्रमिकहरू व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका छन् ।

पछिल्लो ५ वर्षमा १८ लाख ८१ हजार २ सय ३२ जना पहिलो पटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यही अवधिमा १२ लाख ६७ हजार ४ सय ४६ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । यसरी हेर्दा ५ वर्षमा ३१ लाख ४८ हजार ६ सय ७८ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ । केही वर्षअघिसम्म मलेसिया तथा खाडी मुलुक नेपालीका लागि रोजगारीको केन्द्रमा हुन्थे । तर, पछिल्लो समय भने युरोपेली देशसमेत नेपालीको रोजाइमा पर्ने गरेका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा युरोपका ४४ देशमध्ये २९ मा २८ हजार ५ सय ७५ नेपाली वैदेशिक रोजगारीमा गएका थिए । त्यस्तै २०८०/८१ मा २४ हजार ६७, २०७९/८० मा २१ हजार ९ सय ८४, २०७८/७९ मा २१ हजार ८ सय ९६ र २०७७/७८ मा ५ हजार १ सय ३४ जना युरोप गएका थिए । पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा १ लाख १ हजार ६ सय ५६ नेपाली युरोपेली देशमा काम गर्न गएका छन् ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।