दैलाे न्युज, सुर्खेत चैत १६ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नारायणहिटी दरबार संग्रहालय परिसरमा अवैध रूपमा राखिएको भनिएको ‘वीर विक्रम शाह’को सालिक हटाउने निर्णय गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेका छन्।
काठमाडौं महानगरले उक्त सालिक राख्न अनुमति नलिइएको भन्दै यसलाई हटाउन निर्देशन दिएको थियो। नगरपालिकाको दाबीअनुसार, सार्वजनिक स्थानमा कुनै संरचना निर्माण गर्न अनुमति लिनुपर्छ, तर यो प्रक्रिया पूरा नगरी सालिक राखिएको कारण जरिवाना तोकिएको हो।
यस निर्णयलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। कतिपयले बालेन शाहको कदमको समर्थन गरेका छन् भने अन्य केहीले यसलाई पूर्वराजाप्रति भएको अन्यायपूर्ण निर्णय भन्दै आलोचना गरेका छन्।
यस विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह वा उनका प्रतिनिधिबाट औपचारिक प्रतिक्रिया आएको छैन। तर, बालेन शाहले आफ्नो निर्णयलाई कानुनी प्रक्रिया अनुरूप भएको बताउँदै आएका छन्।








