Dailo News
२०८३ कार्तिक ७ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक ७ शुक्रबार

बिश्व कम्युनिस्ट आन्दोलनका महान गुरु : कार्ल मार्क्सको संक्षिप्त जिबनी

लाेकेन्द्र राज गिरी

कार्ल मार्क्सको जन्म जर्मनीको प्रसिया राज्यको लोअररिन प्रान्तको ट्रियर भन्ने ठाउँमा भएको हो। उनका पिता हेनरिक मार्क्स एक सफल वकिल थिए, जसले प्रसियाको संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए। उनकी आमाको जन्मथलो होल्याण्ड थियो, मातापिता दुवै यहुदी थिए। तर, मार्क्स जन्मनु भन्दा एक वर्षअघि एउटा चर्चमा बख्ति लिएका थिए।

मार्क्सले १९ जून १८४३ मा प्रसियाका ब्यापारीकी छोरी जेनी वोन वेस्ट फ्यालेन सङ्ग बिहे गरे, माक्सका  सात जना सन्तानहरु भए तर, गरीबी कारण तीन जना मात्र जीवित रहे। मार्क्सको आयको प्रमुख श्रोत उनका घनिष्ठ मित्र फ्रेडरिक एंगेल्सबाट पाएको सहयोग मात्र थियो। मार्क्सको परिवार चरम गरीबीमा थियो। तर, उनले आफ्नो लक्ष्यप्रतिको सङ्कल्प कहिल्यै भुलेनन्।

डिसेम्वर १८८१ मा पत्नी जेनीको मृत्युपछि मार्क्स पनि बिरामी भए यस कारण जिन्दगीका अन्तिम १५ महिना बिरामी अवस्थामा नै बिताए १४ मार्च १८८३ का दिन मार्क्सको लण्डनमा निधन भयो। 

उनको परिवार र साथीभाइले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लण्डनमा नै गरे मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ, ‘विश्वभरिमा श्रमिक एक होऔं।’ इतिहासकारहरु कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन्।

                                                       कार्लमार्क्सको शिक्षा

मार्क्सका मातापिताले उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिए सन् १८३५ मा ट्रियर जम्नाजियम स्कूलबाट स्नातक गरेपछि १७ वर्षको उमेरमा बुन विश्वविद्यालयमा भर्ना भए  उनी आफू दर्शन र अङ्ग्रेजी पढ्न् चाहन्थे तर, उनका पिताले कानून विषय अध्ययनको अधिक व्यवहारिक क्षेत्र भन्दै कानूनमा भर्ना गरिदिए सामाजिक अगुवा भएका कारण बोनमा उनले कम अंक प्राप्त गरे त्यसपछि उनका पिताले बर्लिन विश्वविद्यालयमा सरुवा गरे, जहाँ दर्शनशास्त्र र इतिहासको अध्ध्ययन हुन्थ्यो यस अवधिमा मार्क्सले धेरै कविता र निबन्धहरु लेखे उनका रचनामा उनका पिताबाट अर्जित उदार तथा धार्मिक भाषाको प्रयोग गरिएको छ तर, पछि गएर उनी नास्तिक बने।

          समाजवादबारे मार्क्सको चिन्तन

पूँजीवादीवर्गको एक हिस्साले पूँजीवादी समाजको अस्तित्व सुदृढ पार्नका लागि सामाजिक कुरीतिहरूलाई खतम गर्न चाहन्छ। 

अर्थशास्त्री, परोपकारी, मानवतावादी, श्रमजीवीवर्ग हरूको सुख समृद्धिका समर्थक, दान–दातव्यका प्रबन्धक, पशु–रक्षा समितिहरूका सदस्य, मदिरा निषेध संस्थाहरूका संस्थापक, विभिन्न प्रकारका सानातिना सुधारकहरू सबै यसै श्रेणीमा पर्न आउँछन्। पूँजीजीवी समाजवादले पूरै प्रणालीहरू सम्म पनि विकास गरेको थियो उदाहरणको रूपमा प्रुडोनको “दरिद्रताको दर्शन” नै लिन सकिन्छ।

सुरक्षा गर्न चाहन्छन् तर यसबाट अनिवार्यतः उत्पन्न हुने सङ्घर्ष र खतराहरूबाट टाढा रहेर मात्र उनीहरू आधुनिक समाजलाई छोडेर पूँजीपतिवर्ग मात्र होस्, सर्वहारावर्ग नहोस् भन्ने उनीहरू चाहन्छन्। 

जुन संसारमा पूँजीपति वर्गको प्रभुत्व छ, स्वभावतः त्यसै संसारलाई ऊ सर्वश्रेष्ठ मान्दछ। पूँजीजीवी समाजवादले यही सान्त्वनादायी धारणालाई कम वा बेशी मात्रामा पूरै प्रणालीको रूप दिन्छ । आफ्नो यस प्रणालीलाई कार्यान्वित गर्न र यस प्रकार नयाँ जेरुसलममा पस्न सर्वहारावर्गलाई आह्वान गर्दै वास्तवमा ऊ सर्वहारावर्ग वर्तमान समाजभित्र नै रहोस् तर, उसले यस समाज सम्बन्धी आफ्ना समस्त घृणापूर्ण धारणा लाई तिलाञ्जली देओस् भन्ने मात्र माग गर्दछ ।

कुनै राजनीतिक सुधारद्वारा होइन, बरु जीवनका भौतिक अवस्थाहरू र आर्थिक सम्बन्धहरूमा परिवर्तनद्वारा मात्र केही लाभ हुन सक्दछ भन्ने प्रमाणित गर्न खोज्दै यस समाजवादको अर्को कम व्यवस्थित तर बढी व्यावहारिक रूपले हरप्रकारको क्रान्तिकारी आन्दोलन प्रति मजदुर वर्गको नकारात्मक दृष्टिकोण पैदा गर्ने प्रयास गरेको छ किन्तु यस समाजवादले जीवनका भौतिक अवस्थाहरूमा परिवर्तन भनेको पूँजीवादी उत्पादन सम्बन्धहरूको उन्मूलन हो भन्ने अर्थ कदापि लगाउँदैन यो क्रान्तिकारी मार्गबाट मात्र सम्भव हुन्छ।

तर, उसको तात्पर्य चाहिँ उत्पादन सम्बन्धहरूको आपसमा कार्यान्वित गरिने प्रशासनात्मक सुधार सँग छ अर्थात् यसले पूँजी र ज्यालादारी श्रमका बीचको सम्बन्धमा केही पनि हेरफेर ल्याउँदैन यसमा  हुनसक्ने सबैभन्दा बढी कुरा यत्ति मात्र हो कि यसले पूँजीजीवी वर्गको निम्ति उसको प्रभुत्वको प्रशासन खर्च कम गर्दछ र उसको शासन व्यवस्थालाई सरल पार्दछ। पूँजीजीवी समाजवादको आफ्नो निम्ति अति उपयुक्त अभिव्यक्ति त्यतिखेर प्राप्त गर्दछ, जुन बेला त्यो केवल भाषाको अलंकार मात्र बन्न जान्छ।

स्वतन्त्र व्यापार – मजदुरवर्गको हितका लागि “संरक्षण शुल्क मजदुरवर्गको हितका लागि” “जेल सुधार मजदुरवर्गको हितका लागि” यही मात्र गम्भीरतापूर्वक भनिएको पूँजीजीवी समाजवादको अन्तिम शब्द हो। 

पूँजीजीवी यदि पूँजीजीवी छ भने मजदुरवर्गको हितको लागि नै छ भन्ने कथनमा मात्र पूँजीजीवी वर्गको समाजवाद सन्नि हित रहेको छ।

आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवाद – हामी यहाँ त्यो साहित्यको चर्चा गर्दैनौं, जसले आधुनिक युगका सबै महानतम् क्रान्तिहरूमा सर्वहारावर्गको मागलाई सधैं व्यक्त गरेको थियो। आफ्ना वर्गीय हितहरूको प्राप्तिका लागि सर्वहारावर्गका पहिला अत्यक्ष प्रयासहरू सर्वाधिक उत्तेजना को समयमा भएका थिए, जुन बेला सामान्तवादी समाजलाई उल्टाइँदै थियो।

स्वयं सर्वहारावर्गको अपरिपक्क अवस्थाहरूको साथै उसको मुक्तिको लागि भौतिक अवस्थाहरूको अभावले समेत गर्दा यी प्रयासहरूको असफलता अनिवार्य नै थियो, किनभने यी अवस्थाहरू पूँजीजीवी युगद्वारा मात्र उत्पन्न हुन सक्दथे। सर्वहारावर्गका प्रथम आन्दोलनहरूका साथै जुन क्रान्तिकारी साहित्यको सिर्जना भयो, त्यसको सार अनिवार्यतः प्रतिक्रियावादी छ। यसले आम वैराग्य र भद्दा किसिमको सामाजिक साभ्यताको उपदेश दिन्छ।

सेन–सिमोन, फुरिए, ओवेन (३६) आदिद्वारा प्रतिपादित पद्धतिहरू, जसलाई वास्तवमा नै समाजवादी र साम्यवादी पद्धति भन्न सकिन्छ, सर्वहारावर्ग र पूँजीजीवीवर्गका बीच सङ्घर्षको प्रारम्भिक अविकसित समयावधिमा देखापरेका थिए। यसको चर्चा हामीले माथि गरिसकेका छौं। (पूँजीजीवी र सर्वहारा)।

निसन्देह, यी पद्धतिका प्रवर्तकहरूले तत्कालीन समाजभित्र वर्गहरूको प्रतिपक्षताको साथसाथै विघटनशील तत्वहरूको प्रक्रिया पनि देखेका थिए। किन्तु उनीहरूले सर्वहारावर्गको पक्षमा कुनै ऐतिहासिक आत्मनिर्भरता र उसको निम्ति स्वाभाविक कुनै स्वतन्त्र राजनीतिक आन्दोलन देखेका थिएनन्।

वर्गीय अन्तरविरोधको विकास औद्योगिक विकाससँगसँगै हुन्छ। त्यसै कारण उनीहरू अझै सर्वहारावर्गको मुक्तिका लागि भौतिक अवस्थाहरू पाउन सक्दैनन्। तसर्थ उनीहरू यस्तो सामाजिक विज्ञान, यस्ता सामाजिक नियमहरूको खोजी गर्दछन्। जसले यी अवस्थाहरूलाई उन्नत गर्न सकुन्। उनीहरूको विचारअनुसार सामाजिक क्रियाकलापको स्थान आफ्ना व्यक्तिगत आविष्कारसम्बन्धी क्रियाकलापले लिनु पर्छ , मुक्तिका ऐतिहासिक अवस्थाहरूको ठाउँ कपोल कल्पित अवस्थाहरूले ओगट्नुपर्छ।

एक वर्गमा विस्तार विस्तार विकास गर्दै रहने सर्वहाराहरूको सङ्गठनको ठाउँ आफूले कल्पना गरेको खाका अनुसारको समाजको सङ्गठनले ग्रहण गर्नुपर्छ। उनीहरूको दृष्टिमा समस्त संसारको भावी इतिहास उनीहरूकै सामाजिक योजनाहरूको प्रचार र व्यावहारिक क्रियान्वयनमा गएर टुङ्गिन्छ। हुन त उनी हरू अवश्य बुझ्दछन् कि उनीहरूका यी योजनाहरूमा खास गरेर सर्वाधिक पीडितवर्ग हुनाले मजदुरवर्गका हितहरू को रक्षा गरिएको छ। उनीहरूका लागि सर्वहारा वर्गको अस्तित्व नै सर्वाधिक पीडितवर्गको रूपमा मात्र छ।

किन्तु वर्गसङ्घर्षको अविकसित रूप र जीवनमा उनीहरूको आफ्नै स्थितिले गर्दा उनीहरू आफूलाई यी वर्गीय अन्तर विरोध हरूबाट धेरैमाथि रहेको ठान्छन्। उनीहरू समाजका सबै सदस्यहरूको, अझ सबभन्दा राम्रो स्थितिमा रहेका सदस्यहरूको समेत, अवस्था सुधार्न चाहन्छन्। त्यसैले उनी हरू वर्गभेद नगरीकन सम्पूर्ण समाजसँग, खासगरेर त अझ शासकवर्गसँग बारम्बार अपील गर्दछन्। उनीहरूको विचार अनुसार यथासम्भव सर्वश्रेष्ठ समाजको यो नै यथासम्भव सर्व श्रेष्ठ योजना हो भन्ने स्वीकार गर्न उनीहरूको प्रणालीलाई बुझ्नु मात्र पनि पर्याप्त छ।

उनीहरू जुनसुकै राजनीतिक र मुख्यतः जुनसुकै क्रान्तिकारी क्रियाकलापलाई अस्वीकार गर्दछन्। उनीहरू शान्तिमय तरिकाले आफ्नो उद्देश्य प्राप्ति गर्न चाहन्छन्। अनि सानातिना तथा अवश्यमेव असफल प्रयोगहरूको माध्यमद्वारा दृष्टान्तको जोडले उनीहरू आफ्नो नविन सामाजिक दिव्यसन्देशका निम्ति बाटो प्रशस्त पार्ने कोसिस गर्दछन्। भावी समाजको यो काल्पनिक चित्र यस्तो समयमा प्रकट हुन्छ, जुन बेला सर्वहारावर्ग अझै अति अविकसित अवस्थामा रहेको हुन्छ र त्यसैले गर्दा उसलाई स्वयं आफ्नो स्थिति काल्पनिक लाग्दछ।

त्यो चित्र समाजको आम परिवर्तनप्रति सर्वहारावर्गको प्रथम प्रस्फुरित मनोद्वेगको उपज हो। किन्तु यी समाजवादी र साम्यवादी रचनाहरूमा आलोचनाका तत्वहरू पनि समावेश छन्। यी रचनाहरूले वर्तमान समाजका सबै आधारहरूमाथि प्रहार गर्दछन्। त्यसैले गर्दा मजदुरहरूको प्रबोधनका लागि उनीहरूले अत्यन्त मूल्यवान सामग्रीहरू दिएका छन्।

भावी समाजको बारेमा उनीहरूका सकारात्मक निष्कर्षहरू, उदाहरणस्वरूप, शहर र गाउँका बीचको प्रतिपक्षताको अन्त्य, परिवार, व्यक्तिगत शोषण, ज्यालादारी श्रमको उन्मूलन, सामाजिक समान्जस्यको घोषणा, मात्र उत्पादनको सञ्चालन मा राज्यको रूपान्तरण यी सबै स्थितिहरूले यस्तो वर्गीय प्रतिपक्षताको निराकरणको मात्रै अभिव्यक्ति गर्दछन्, जुन त्यस बेला भर्खरै विकसित हुन थालेको थियो र प्रारम्भिक, अस्पष्ट तथा अपरिभाषित रूपमा मात्र उनीहरूलाई थाहा भएको थियो। त्यसैकारण यी स्थितिहरू अझ एकदमै काल्पनिक चरित्रका छन्।

ऐतिहासिक विकाससँग आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवादको महत्व रहेको हुन्छ। जतिजति यो वर्गसङ्घर्ष चर्कदै जान्छ र बढी निश्चितरूप ग्रहण गर्दै जान्छ, त्यसैको अनुपातमा यस सङ्घर्षदेखि माथि रहने काल्पनिक प्रयास र त्यसलाई वशमा राख्ने काल्पनिक तरिकाको सारा व्यवहारिक महत्व र सारा सैद्धान्तिक औचित्य पनि खतम हुँदै जान्छ। त्यसैले यी पद्धतिका संस्थापकहरू धेरै कुरामा क्रान्तिकारी थिए भने उनका शिष्यहरूले सदैव नै प्रतिक्रिया वादी संकीर्ण गुटहरू बनाएका छन्।

सर्वहारावर्गको क्रमिक ऐतिहासिक विकासलाई ध्यानै नदिई उनीहरू आफ्ना गुरुहरूका पुराना धारणाहरूमा जोरसँग टासिएका छन्। यसैकारण उनीहरू वर्गसङ्घर्षलाई निरन्तर चेतनाशून्य पार्न र परस्परविरोधी वर्गहरूमा मेलमिलाप ल्याउन प्रयत्नशील छन्। उनीहरू अझै पनि आफ्ना सामाजिक स्वप्नलोकहरूलाई प्रयोगात्मक रूपमा चरितार्थ गर्ने, केही कल्पना–नगरीहरूको स्थापना गर्ने, गृह उपनिवेश हरू खडा गर्ने, नयाँ जेरुसलमको जेबी संस्करण अर्थात् सानो इकारिया कायम गर्ने मीठो सपना देख्दछन् र यी सबै हावाका महलहरू निर्माण गर्नका लागि उनीहरूलाई पूँजीपतिहरूको हार्दिक सद्भावना र थैलीको आश्रय लिन कर लागेको छ।

बिस्तार बिस्तार उनीहरू पनि माथि वर्णन गरिएको प्रतिक्रिया वादी अथवा रुढीवादी समाजवादीहरूको जमातमा पुग्दछन्। अन्तर केवल यत्तिकै मात्र रहन्छ कि उनीहरूको पाण्डित्यार्इ ज्यादा व्यवस्थित हुन्छ र उनीहरू आफ्नो सामाजिक विज्ञान को चमत्कारपूर्ण शक्तिमा अटल विश्वास राख्दछन्। यसै कारणले उनीहरू मजदुरहरूको जुनसुकै राजनीतिक आन्दोलनको उग्रविरोध गर्दछन्। उनीहरूको विचारमा यस्तो आन्दोलन नयाँ दिव्यसन्देशप्रति अन्ध अनास्थाको परिणाम मात्र हो।

                 कार्लमार्क्सको दर्शनको सार

मार्क्सको शिक्षाको प्रमुख सार हो – समाजवादी समाजको निर्माताको रूपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको स्पष्टीकरण। के मार्क्सले आफ्नो शिक्षा प्रतिपादन गरिसकेपछि संसारभरिको घटनाक्रमले यस शिक्षाको औचित्य पुष्टि गरेको छ ? यसबारे केही चर्चा गरौं।

सन् १८४४ मा मार्क्सले पहिलोपल्ट आफ्नो विचारधारा प्रस्तुत गरेका थिए। सन् १८४८ मा प्रकाशित मार्क्स र एङ्गेल्सको कृति ‘कम्युनिष्ट घोषणापत्र’ले पूर्ण एवम् क्रमबद्ध रूपमा यस विचारधाराको व्याख्या प्रस्तुत गरिसकेको थियो। यो कृति आजसम्म पनि मार्क्सको विचारधाराको उत्कृष्ट अभिव्यक्तिको रूपमा कायमै छ।

यस अवधिदेखिको विश्व इतिहास स्पष्ट रूपमा तीन भागमा विभाजित हुन थाल्यो। (१) सन् १८४८ को क्रान्तिदेखि पेरिस कम्युन (१८७१) सम्म, (२) पेरिस कम्युनदेखि रुसी क्रान्ति (सन् १९०५) सम्म, (३) रुसी क्रान्तिपछिको अवधि। यसका साथै विश्वको एकतिहाई भू–भागमा वैज्ञानिक समाजवादी व्यवस्थाका साथ हसिँया हथौंडाको झण्डा फहरायो।

पहिलो युग (१८४८–१८७१) – यसको आरम्भमा शिक्षाले आधिपत्य जमाइसकेको थिएन। समाजवादका अनगिन्ती गुट र धाराहरूमध्ये यो पनि एक थियो। त्यसताका समाजवादका त्यस्ता रुपहरूले प्रभुत्व जमाएका थिए, जो आधारभूत रूपमा हाम्रा नारोदनिकहरूसँग धेरै मिल्दाजुल्दा थिए – ऐतिहासिक विकासको भौतिक आधारको अनभिज्ञता, पुँजीवादी समाजका प्रत्येक वर्गको भूमिका र महत्त्व केलाउने असमर्थता, प्रजातान्त्रिक सुधारहरूका बुर्जुवा सारलाई ‘जनता’, ‘न्याय’ र अधिकारु जस्ता विभिन्न समाजवादी देखिने शब्दहरूद्धारा ढाकछोप गर्ने प्रयास आदि नै यस अवधिको मुख्य चरित्र थियो।

सन् १८४८ को क्रान्तिले प्राग–मार्क्सकालीन समाजवादका यी समस्त कोलाहलपूर्ण, बहुरुपी एवम् छद्मभेषी रुपहरूमाथि प्राणघातक प्रहार गर्‍यो। विभिन्न राष्ट्रहरूमा भएका क्रान्ति हरूले समाजका विभिन्न वर्गहरूलाई व्यवहारिक कसौटीमा उदाङ्ग पारिदिए। सन् १८४८ को जुनमा गणतन्त्रीय बुर्जुवा वर्गद्वारा पेरिसमा मजदुरहरूको हत्या भएपछि अन्तिम रूपमा यो कुरा स्पष्ट भयो कि मात्र सर्वहारावर्ग समाजवादी हुन सक्छ । कुनै पनि प्रतिक्रियावादी तत्त्वभन्दा उदारवादी बुर्जुवा सर्वहाराको स्वाधीनताबाट सयौं गुना बढी तर्सेको हुन्छ।

काँतर उदारवादले प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्छ। सामन्ती अवशेषहरूको उन्मूलनद्वारा नै सन्तुष्ट भएका किसानहरू वर्तमान व्यवस्थाको ताँतीमा मिसिन आउँछन् र कहिलेकाहीँ मात्र मजदुर जनवाद र बुर्जुवा उदारवादबीच ढुलमुल गर्दछन्। वर्गविहीन समाजवाद र वर्गविहीन राजनीति सम्बन्धी यिनका समस्त अर्तीहरू खोक्रो वकवास सिद्ध हुन्छन्। 

पेरिस कम्युन (१८७१) ले यी बुर्जुवा सुधारहरूको विकास खत्तम पारिदियो गणतन्त्रको अर्थात् राजकीय सङ्गठनको त्यस रुपको जसमा वर्गसङ्घर्ष अधिकतम खुल्ला रूपमा अभिव्यक्त भएको हुन्छ, सुदृढताको श्रेय मात्र सर्वहारा वीरतालाई छ।”

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।