Dailo News
२०८३ श्रावण २२ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २२ शुक्रबार

साहारा सहकारीको ऋण अपचलनमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर ।

अश्विन ९ दैलो न्युज सुर्खेत ।

चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सहकारी ठगी कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलले बताए ।

 उक्त सहकारीको पनि अध्यक्ष जीबी राई थिए । उनीसहित सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरको संलग्नमा सहकारीको रकम अपचलन गरिएको अभियोगपत्रमा दाबी गरिएको छ ।

जीबी राई समूहले ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन गरेको दाबी गर्दै सोही बराबर बिगो, जरिवाना र कैद सजाय अभियोगपत्रमा माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख लुइँटेलका अनुसार तीन वटा अभियोगपत्र पेस भएको छ । राईलाई फरार अभियोगपत्र दायर गरेको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।