Dailo News
२०८३ आश्विन ३ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ३ शनिबार

लगातार चाैथाे दिनपनि नेप्से घटेर बन्द भयाे

भाद्र २५ दैलाे न्युज सुर्खेत

 मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो चार दिनदेखि ओरालो लागिरहेको नेप्से आज पनि सोही क्रमलाई निरन्तरता दिदै बन्द भएकाे छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेसँगै नेप्से परिसूचक पनि घटेको छ। वित्त र जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०४ प्रतिशत घटेको छ। बाँकी उपसमूहको परिसूचक सामान्य घटेको छ। नेप्से परिसूचक १३.०९ अंक घटेर २६३२.९४ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.८० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजाेकाे कारोबार करिब साढे ९ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ३२८ स्टकको ९३ हजार ४५९ पटकको कारोबारमा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ।

त्यसैगरी, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य सर्वाधिक ८.८२ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आज एचआईडिसिएलको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २९ करोड ८१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।