दैला न्युज, सुर्खेत ।
अन्य एआई भन्दा एड्भान्स रहेकाे नयाँ एप मेटाले पनि मेटा एआई एप लिएर आएको छ। यो एप लामा ४ भाषा मोडलमा आधारित छ र अब यो एप गूगल प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट डाउनलोडका लागि उपलब्ध भइसकेको छ।
यस एपलाई छुट्टै आफ्नो फोनमा डाउनलोड गर्न सकिन्छ। यद्यपि, अहिलेसम्म मेटा एआईको प्रयोग गर्नका लागि या त ह्वाट्सएप, इन्स्टाग्राम, फेसबुक या मेसेन्जरको जरुरत पर्दथ्यो कम्पनीको वेबसाइटमा जानु पर्दथ्याे तर अब एउटै मात्र एपको सहायताले पनि मेटा एआईको राम्रो तरिकाले प्रयोग गर्न सकिन्छ।
च्याटजीपीटी जस्तो अन्य एआई एपमा केही सर्च गर्ने र फोटो बनाउने जस्ता सुविधाहरु मात्र प्राप्त गर्न सकिन्छ। तर, मेटाको एआई एप त्योभन्दा एक कदम अघि निस्केको छ। यस एपमा कम्पनीले विशेष डिस्कभरी फिडलाई पनि जोडेको छ जहाँबाट विश्वभरका मानिसहरु कुन तरिकाबाट एआई एपमाथि सर्च गरिरहेका छन् भन्ने कुरा पनि जान्न सकिन्छ ।
मेटा एआई एपमा डिस्कभरी फिडले अन्य मानिसहरु एआईको कसरी प्रयोग गरिरहेका छन् भन्ने थाहा पाउन सहयोग गर्दछ। अन्य मानिसहरुले शेयर गरेका सबैभन्दा राम्रो फिचर हेर्न सकिन्छ र त्यसलाई रिमिक्स गरेर आफ्नै फिचर पनि बनाउन सकिन्छ भने त्यसलाई नियन्त्रण पनि गर्न सकिन्छ ।
उक्त एपमा नियमित एआई एपजस्तै धेरै फिचर्स पाउन सकिन्छ तर यसको लन्चसँगै मेटाले आफ्नो भ्वाइस मोडलाई पनि राम्रो बनाएकाे छ । एप इमेज जेनरेशन र इडिटिङ्ग जस्ता मेटा एआई फिचर्स पनि अफर गरेको छ, जुन अब एआई एसिस्टेन्टसँगै भ्वाइस या टेक्स्ट च्याटको माध्यमबाट पनि गर्न सकिनेछ।








