Dailo News
२०८३ श्रावण २२ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २२ शुक्रबार

अगुवा किसानलाई रोग किरा व्यवस्थापन सम्बन्धि तालीम ।

२०८१ असोज ०९ गते बुधबार दैलाे न्युज

संवाददाता गोविन्द गुरुङ्ग

नौमूले गाउँपालिका वडा न ६ सल्लेरीमा कृषि विकास शाखाको आयोजनामा श्री बैधानिक कृपि तथा जडिबुटी उत्पादन समूहमा रोग किरा व्यवस्थापन सम्बन्धि ३ दिने तालीम समापन भएको छ । वडा न ६ का वडा सदस्य तथा गाउँ सभाका सदस्य समेत रहनु भएका डिलसरा तारमले उत्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कृषि प्राविधिक प्रदिप राज सलामी मुख्य प्रशिक्षक जियो कृषिका देवु राना मगर समूहका अध्यक्ष तथा एन्साब नेपाल संस्था को सहजकर्ता गोविन्द गुरुङ्ग लगायत कृषक समूहका सचिव लालबहादुर गुरुङ्ग अध्यक्ष कोषाध्यक्ष लालबहादुर रावत सगै २४ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

 उत्त ३ दिने समापन तालीम बिषयमा वडा सदस्य तथा गाउँ सभाका सदस्य समेत रहनु भएका डिलसरा तारमले अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि बचाइ राख्न सवैले आफ्नो आफ्नो क्षेत्र बाट भुमिका खेल्नुपर्ने भनाई राख्ननु भएको थियो साथै समुहका सदस्य रहनु भएका जय बहादुर गुरुङ्गले ज्ञान सिप र लगानीको प्रतिफल तथा समूहका अपेक्षाहरु बिषयमा आफ्नो भनाई राख्ननु भएको थियो साथै समूहकी महिला सदस्य जयन्ती कुमारी शाही चन्दले सिजन अनुसार ज्ञानमुलक तालिम आवश्यक रहेको बतानु भएको थियो ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।