Dailo News
२०८३ आश्विन ३ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ३ शनिबार

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरे आमरण अनशन ।

भाद्र २५ दैलो न्युज सुर्खेत ।

 कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । १० वर्ष मुनिका बालबालिकाका लागि नि:शुल्क उपचार सेवाको माग गर्दै उनी आमरण अनशन बसेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार मात्र निषेधित क्षेत्र तोकेको प्रदेशसभा सचिवालय अगाडि कार्कीले अनशन सुरु गरेका हुन् । कार्कीले बजेटमा २५ लाख भन्दा तलका योजना राख नहुने, शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिनुपर्ने, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम दिन पनि माग गरेका छन् ।

त्यस्तै सुनसरी-मोरङ केसलिया करिडोर विकास कार्यक्रम अघि बढाउन, कृषि प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिन, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिन र जनावरमैत्री जंगल कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।