Dailo News
२०८३ श्रावण १९ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १९ मंगलवार

निरन्तर घटेकाे नेप्से परिसुचक ४९.१८ अंक बढेर बन्द भयाे ।

असाेज ९ दैलाे न्युज सुर्खेत

निरन्तर घटेकाे नेप्से, बुधबार भने बढेर बन्द भएको छ। आज १२ वटा उपसमूहको परिसूचक बढेसँगै नेप्से परिसूचक ४९.१८ अंक बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ४९.१८ अंक बढेर २५१९.५७ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंक बढेको छ। नेप्से बढेपनि आज भोल्यूम भने कमजोर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२७ स्टकको ६९ हजार ४१८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत बढेको छ।

त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ३ प्रतिशत बढेको छ भने विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०१ प्रतिशत घटेको छ । आज ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। हिमालयन हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ६.३६ प्रतिशत घटेको छ।

 कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अरुण भ्याली हाइड्रोपावरको साढे १३ करोडको शेयर कारोबार भएको छ भने सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्टको १३ करोड बरारको शेयर किनबेच भएको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।