Dailo News
२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

नेप्से परिसुचक पच्चिस सय विन्दु भन्दा तल

आश्विन ८ दैलो न्युज सुर्खेत

मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से परिसूचक २५०० विन्दुभन्दा तल झरेको छ। पछिल्ला १३ कारोबार दिनमा दुई कारोबार दिनबाहेक अरु ११ कारोबार दिनमा नेप्से घटेर बन्द भएको हाे । आज नेप्से परिसूचक ५८.९३ अंक घटेर २४७०.३९ विन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक घटेको छ। आज कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ। सोमबार ५ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०९ स्टकको ७७ हजार २६४ पटकको कारोबारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८३ प्रतिशत बढेको छ।

 अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशत घटेको छ। त्यस्तै, नेपाल फाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी घटेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आज एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको १८ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साढे १७ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे १४ करोडभन्दा बढिको शेयर किनबेच भएको छ। आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशत घटेको छ।

त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, अन्य व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।