Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ कीर्तिमान, किन बढिरहेको छ भाउ ?

 आश्विन ८ दैलो न्युज सुर्खेत

शुक्रवारयता दिनहुँ नयाँ कीर्तिमान कायम गरेको सुनको भाउमा आज पनि रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलवार) सुनको भाउ प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । गत सोमवार भने सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्यवृद्धि भएपछि त्यसको प्रभाव स्थानीय बजारमा परेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । मध्यपूर्व र रुस-युक्रेनबीच द्वन्द्व बढ्नु, संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भले ब्याजदरमा ०.५ प्रतिशत बिन्दुले कटौती गर्नुलगायत कारणले डलर कमजोर भएर सुनको भाउ बढेको व्यवसायीहरूको भनाइ छ । यसको प्रभाव स्थानीय बजारमा मात्रै होइन, अन्तरराष्ट्रिय बजारमा समेत परेको छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ ।

 मंगलवार दिउँसो अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६ सय ३५ दशमलव ०८ डलरमा कारोबार भइरहेको छ, जुन पछिल्लो ६ महीनामा ४ सय ५३ दशमलव २८ डलर अर्थात् २० दशमलव ८६ प्रतिशतले बढेको हो । यस्तै, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेको छ । सोमवार प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ९१५ रुपैयाँ निर्धारण भएको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।