Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

दुईकाराेवार दिन घटेकाे नेप्से पुन बढ्याे ।

दैलाे न्युज सुर्खेत

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनमा करिब ४ प्रतिशत घटेर बन्द भएको नेप्से, आज करिब १ प्रतिशत बढेर बन्द भएको हो। आज नेप्से परिसूचक २५.८८ अंक बढेर २६६५.८१ विन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ। नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर कारोबार भएको बजारमा आज ३१४ स्टकको ५३ हजार ६७८ पटकको कारोबारमा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.८६ प्रतिशत बढेको छ। त्यस्तै, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने थ्रिस्टार हाइड्रोपावर, महुली लघुवित्त वित्तीय संस्था र मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य यस दिन सर्वाधिक ४.७५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज १७ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, कुमारी बैंकको करिब १४ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।