Dailo News
२०८३ आश्विन ३ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ३ शनिबार

१६ बर्ष देखि मोसो बाँस एक चिनारी नेपालमा । (Phyllostachys pubescens)

 २०८१ असोज ८ गते मंगलबार दैलो न्यूज संवाददाता

गोविन्द गुरुङ्ग

मोसो बाँस समुन्द्री सतहबाट १००० देखी २००० मिटर उचाई सम्म हुने गर्दछ तै पनि १५०० देखी १८०० मिटर उचाई र उत्तरी सेपिनो मोहडा मा वो खेती बसाध्यै राम्रो हुन्छ । पो बाँस को जरा धेरै बलियो हुन्छ र यो बाँसको टुसा पनि असाध्यै मिठो हुन्छ। छिमेकी राष्ट्र चीन ने Bamboo Shoot भनेर टिन प्याकिङ गरेर विश्वभरी नै यस्को टुसा विक्रि गरिरहेको छ ।

यो बाँस लगाएको ठाउँमा पहिरो जदिन र पहिरो गएको ठाउँमा र पहिरो जाने सम्भावित स्थानहरुमा यो बाँस लगाएर पहिरो रोकथाम गर्न सकिन्छ । यो एक्ले बाँस हो र एक्लै खुट्टा छुट्टै आउँछ। यो बाँस लगाएको केही वर्ष मै माटीमा चिस्यान कायम भै पानी अभिवृद्धि र संचितिमा सहयोग पुयाउँदछ। यो बाँस एक पटक लगाए पछि ५ वर्ष पछि पस्को जराबाट सजिलै प्रशारण गर्न सकिन। यो बॉस ७५ फिट अग्लो, ननुहिने र सिधा हुन्छ । चीन को दुर्गम गाउँमा यो बाँस विजुलीको पोल समेत राखेको पाइन्छ ।

यो भित्र प्वान भएको कडा बास हो र यस्लाई किराने खाँदैन। यसको कॉटछूट गोडमेन र मलखाद को जागी काम गर्न धेरै सजिलो हुन्छ। मित्र राष्ट्र चीन मा यो बाँस बाट धागो बनाइ मोजा, स्वीटर, सल, पर्दा, सर्ट, टिसर्ट आदि बनाई उपभोग गरिए‌को पाइन्छ । नेपालका मध्य महाडी क्षेत्रहरुमा यो बाँस निस्तार गर्न सके नेपालको धन हरियो सुन बनाउन सकिन्छ । स्थानीय सरकार, प्रदेश सरकार एवं संघिय सरकारहरुले बेलैमा यो बहुउपयोगी मोसो बाँस को विस्तार मा सहयोग गर्नुपर्ने देखिन्छ ।

 विरुवा रोप्ने तरिका : ४५ से.मी (गहिरो) ४५ से. मी (गोलाई) ३ मिटर (टाढा) मा रोप्नु पर्दछ । यसरी रोप्दा प्रति रोपनी सरदर ५० वटा विरुवा लाग्दछ ।

मोसो बाँसका फाइदाहरुः

(१) एक्लै व्यक्तिले पनि सजिलै काटछाट र मलजल गर्न सकिने ।

(२) यो बाँस तनुहिने हुँदा एक रोपनी जग्गामा ५० बरा विरुवा हरु रोप्न सकिने।

(३) लगाए‌को स्थानमा चिस्यान कायम गरी पानीको संरक्षण गर्ने ।

 (४) आलो टुुसा (Bamboo shoot) खानको लागी अति स्वादि‌लो पोष्णयुक्त हुने ।

(५) पहिरो रोकथाम गर्ने।

 (६) किराले तरवाने ।

(७) हस्तकलाका आकर्षक सामाग्रीहरु तयार हुने ।

(८) कागज उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग गरी गुणस्तरिय कागज तयार हुने ।

(९) कपडा उद्योगमा गुणस्तरिय धागो तयार भई अन्तराष्ट्रिय स्तरको भोजा देखी गलैचा सम्मका सामाग्रीत तयार पार्न सकिने ।

(१०) वर्षेनि बाँस कटान गर्न सकिने हुदाँ कम जग्गावाट वढी आम्दानी लिन सकिने ।

(११) बादर र बँदेल जस्ता जंगली जनावरहरुले नसताउने ।

(१२) सो गैरहेको काम नलाग्ने जग्गामा यो रोप्न सकिने ।

(१३) यसले सौर्न्दर्य बढाउने हु‌दाँ पर्यटनको विकास हुने ।

बाँस को नामा- मोसो बास

विउ ल्याएको देशः चिन बास

लगाएको :- वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बदर महल काठमाडौ ।

 बास लगाएको साल २०६४ श्रावण  आएको सा. बन धनेश्वर वैकिवा सामुदायिक वन उपभोक्ता समूह” क्षेत्रफल :- ०५ हेक्टर (१० रोपनी)

विरुवा संख्या :- ५०० वटा बास

बिक्रीवाट वार्षिक आम्दानी :- अनुमानीत रु ८०,०००/-

बासका विरुवाहरु रोपिएका जिल्लाहरु :- विभिन्न पहाडी क्षेत्रमा २३ वटा पठाएको बद्रि अधिकारीले बताउनु भएको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।