भाद्र ६ दैलो खबर सुर्खेत
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हदम्याद राख्ने चर्चापछि आफूलाई दुई हजारभन्दा धेरै युवाहरूको फोन आएको बताए।
उनले भने, ‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन भन्ने विषयमा चिन्ता व्यक्त गर्नुभएको छ। म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन। नो इफ नो बट हाम्रो कुरा क्लियर कट।’ नीतिगत भ्रष्टाचारको विषयमा पनि गम्भीर रूपमा हेर्नुपर्ने बताए ।








