Dailo News
२०८३ श्रावण २३ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २३ शनिबार

छुद्र, जाली छिमेक होइन, असल सम्बन्धको कुरा उठाउनेछु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले असल छिमेक सम्बन्ध कायम राख्न चाहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा उठाउने एजेण्डाबारे संसदलाई सोमबार जानकारी दिदै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुबाट असल सम्बन्ध चाहेको बताएका हुन् ।

‘नेपाल असल छिमेकीको रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छुद्र, जाली छिमेकी होइन’, प्रधानमन्त्रीले भने, ‘छिमेकीको अहित चिताउने छिमेकीको रुपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रुपमा बस्न चाहन्छ । र त्यस्तै व्यवहार छिमेकीहरुबाट पनि चाहन्छ ।’

प्रधानमन्त्री ओलीले महासभामा नेपालले आफ्नो स्थापित परराष्ट्र नीतिमा जोड दिने बताए । ‘आधारभूत रुपमा भन्ने हो भने ‘छैन कसैसँग सत्रुता, सबैसँग छ मित्रता’, यो नीतिबाट गाइडेड छ’ प्रधानमन्त्रीले भने, ‘..कुनै हस्तक्षेप अस्वीकार गर्ने नेपालको स्थापित नीति छ । त्यो कुरा पनि संयुक्त राष्ट्रसंघमा राख्नेछु ।’

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।