Dailo News
२०८३ आश्विन ७ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ७ बुधबार

सरकारी वकिलको राय : सन्दिप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन गर्नुपर्छ

भाद्र १७ दैलो न्युज सुर्खेत ।
उच्च सरकारी वकिलको कार्यालय, पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने राय दिएको छ । पुनरावेदन गर्नुपर्ने रायसहितको फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको उच्च सरकारी वकिलको कार्यालयका प्रमुख शंकर खत्रीले बताए ।

‘उच्च अदालत पाटनबाट भएको फैसला सच्याउन सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन हामीले महान्यायाधिवक्ता कार्यालयमा पठाइसकेका छौं,’ सहन्यायाधिवक्ता खत्रीले भने, ‘प्रतिवेदन अध्ययन गरी महान्यायाधिवक्ता कार्यालयले थप निर्णय लिनेछ ।’

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले फाइल आएपछि निर्णय हुने बताए। ‘अहिलेसम्म फाइल आएको थाह पाएको छैन, आउनासाथ हेरेर निर्णय हुनेछ’ उनले भने । क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा पुनरावेदन नगर्न आग्रह गर्दै पीडित गौशाला २६ ले उच्च सरकारी वकिलको कार्यालय पाटनमा निवेदन दिएकी थिइन् ।

२ जेठ, २०८१ मा उच्च अदालत पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले नाबालिका बलात्कारको आरोपमा क्रिकेटर लामिछानेलाई सफाइ दिएको थियो । उच्च अदालतले ‘पीडितको भनाई मात्रै कसुर ठहर गर्ने प्रमाण हुन नसक्ने’ भनी व्याख्या गरेको थियो ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।