Dailo News
२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

सरकारले आशा जगाउन नसके जनतामा निराशा थप बढ्छ : अजयबाबु शिवाकोटी

श्रावण २७ ,दैलो खबर ,सुर्खेत।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस र एमालेको वर्तमान सरकारले आशा सञ्चार गर्न नसके जनतामा व्याप्त निराशा थप बढ्नेप्रति नेतृत्वलाई सचेत गराएका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा शिवाकोटीले एक अर्काविरुद्ध विगतमा राजनीतिक आरोप प्रत्यारोप गरेको रेकर्डेड रहेको बताए ।
‘यही बैठकमा हिजो एक अर्काविरुद्ध गरिएका आरोप प्रत्यारोपको बारेमा प्रष्ट पार्नुपर्ने मत पनि आएको छ,’ शिवाकोटीले भने, ‘आज सरकारमा सँगै आएका कारण मात्र हाम्रो धारणालाई त्याग गर्नुपर्छ भन्ने हो भने त्यो अरुले अरु नै कोणबाट उठाएर हाम्रै विरुद्ध प्रयोग गर्ने खतरा पनि छ ।’

पार्टी महाधिवेशन भएको ३ वर्ष पूरा हुने क्रम रहेकाले अर्को महाधिवेशनका लागि समयबद्ध कार्यतालिका ल्याउनुपर्ने माग गरे ।पार्टीमा टिकट वितरणको लागि आन्तरिक कार्यसम्पादन गर्नुपर्ने शिवाकोटीको तर्क छ । ‘चुनावअघि गठवन्धन गर्ने कि नगर्ने भन्ने विषय महासमितिले टुंगो लगाइसक्यो । वैशाखीको सहारामा होइन आफ्नै बलबुतामा उभिएर प्रतिस्पर्धा गर्ने पार्टी हामीलाई चाहिएको छ,’ उनले भने ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।