Dailo News
२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

नेप्से परिसुचक ७८.३१ अंकले वृद्वी ।

भाद्र २७ दैलाे न्युज सुर्खेत ।

 याे हप्ताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३ प्रतिशत बढेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, आज भने बढेर बन्द भएको हो। आज नेप्से परिसूचक ७८.३१ अंक बढेर २६८८.५३ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १३.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८३ अंक बढेको छ।

नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको छ । ३१८ स्टकको १ लाख ३ हजार ४६२ पटकको कारोबारमा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ९४ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रावा इनर्जी, ग्रीन भेन्चर्स, उपकार लघुवित्त वित्तीय संस्था, इष्टर्न हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

थ्रिस्टार हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११५ रुपैयाँ ५० पैसा घटेर १ हजार ३९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य साढे ८ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको करिब साढे २४ करोडको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ।

जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशत बढेको छ। त्यस्तै, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसुचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसुचक २ प्रतिशतभन्दा बढी बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन ०.०९ प्रतिशत घटेको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।