Dailo News
२०८३ श्रावण २० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २० बुधबार

जुम्लाको स्याउलाई बजार दिइयोस् : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले स्याउ नबिकेर जुम्लाका किसान समस्यामा परेको बताए । जुम्लाको स्याउ ७० रुपैयाँ किलोमा पनि नबिक्ने गरेको बताए ।

आफूले सभामुख देवराज घिमिरेलाई दुई वटा स्याउ दिएको उनले सुनाए । दुई वटामध्ये एउटा विदेशी स्याउ र एउटा स्वदेशी स्याउ रहेको उल्लेख गर्दै उनले भने, ‘त्यो विदेशी स्याउ नखानुहोला सभामुखज्यू।’

विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको हुने र त्यसले क्यान्सर हुन सक्ने, मानिसको पाचन प्रक्रियामा असर पार्न सक्ने उनले बताए ।

मानव स्वास्थ्यका लागि हितकर नरहेको विदेशी स्याउ बजारमा पाइने तर, जुम्लामा उत्पादन भएको स्वस्थकर स्याउ बिक्ने अवस्था नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

साढे तीन सय रुपैयाँ प्रतिकिलो स्याउ नेपालका भाटभटेनीदेखि ठूला ठूला सुपरमार्केटमा बिकिरहेको तर, जुम्लाका स्याउ ७० रुपैयाँ प्रतिकिलो पनि नबिकिरहेको बताए ।

‘जुम्लाका किसानको स्याउ ७० रुपैयाँमा पनि सिण्डिकेडधारीहरू किन्न तयार छैनन्’ उनले भने । यस्तो विषयमा सरकार गम्भीर हुनुपर्ने र स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

जुम्लाका किसानले ५० करोड माथिको स्याउ उत्पादन गरेको उनको दाबी छ । ६ अर्बको स्याउ विदेशबाट अयात हुने गरेको उनको दाबी छ । सरकारले गुणस्तर चेक गरेर त्यसअनुसार स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।