Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

धादिङको सलाङघाटमा बस र ट्रक ठोक्किए, ३ जना घाइते।

भाद्र १७ दैलो न्युज सुर्खेत ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सलाङघाटमा ट्रक र बस ठोक्किँदा तीन जना घाइते भएका छन् ।
काठमाडौंबाट भारतको नयाँदिल्ली जाँदै गरेको मधेश प्रदेश ०३–००१–६८१४९ नम्बरको बस र चितवनतर्फबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८२४१ नम्बरको ट्रक आज दिउँसो १२ बजेतिर ठोक्किएका थिए । प्रहरी कार्यालय मलेखुका प्रहरी सहायक निरीक्षक भिमबहादुर खत्रीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । उनका अनुसार बस चालक र दुई महिला सामान्य घाइते छन् । उनीहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनापछि केहीबेर बन्द भएको सडक प्रहरीले खुलाइसकेको छ । ‘आपसमा ठोक्किएका गाडी साइड लगाएपछि सवारी आवागमन खुलिसकेको छ,’ उनले भने ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।