Dailo News
२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

नेप्सेमा सामान्य वृद्वि

भाद्र ६, दैलाे न्युज सुर्खेत 

आज साताकाे अन्तिम कारोबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। नेप्से सामान्य अंक बढेपनि ७ स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने महालक्ष्मी विकास बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। सिद्धार्थ बैंकको ऋणपत्र भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बिहीबार नेप्से परिसूचक ६.०१ अंक बढेर २९७४.४६ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो दिन अर्थात बुधबार १८ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३३३ स्टकको २ लाख १६ हजार ४५५ पटकको कारोबारमा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको ४ करोड ९ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको करिब साढे ४७ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब ४५ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशत बढेको छ। त्यस्तै, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।