Dailo News
२०८३ श्रावण २१ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २१ बिहीबार

दबाब नदिए टीआरसी अर्को १८ वर्ष जान पनि बेर छैन : अध्यक्ष प्रचण्ड ।

दैलो न्युज सुर्खेत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीआरसीको विषय टुङ्गोमा पुर्याउन सदन, सरकार र सडकबाट दबाब दिनुपर्ने बताएका छन् । बुधवार नेपाल वार एसोसिएसनमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले प्रेसर बढाए मात्र यो विषय टुङ्गोमा पुर्याउन सकिने बताए । उनले भने, ‘‘एकताबद्ध भएर पीडितले सडकबाट दबाब नदिए टी आरसी अर्को १८ वर्ष जान पनि बेर छैन। राजनीतिक दबाब दिन जरुरी छ । प्रेसर भएका यो टुङ्गोमा पुग्न सक्छ। म दबाब बढाउने ढङ्गले सोच्दै छु। सदन सरकार र सडकबाट दबाब दिने तयारीमा छु।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग टीआरसीलाई अघि बढाउन दबाब दिन छिट्टै भेट्ने समेत बताए । कार्यक्रम सशस्त्र युद्धमा बेपत्ता पारिएका राजेन्द्र ढकालको परिवारले आयोजना गरेको हो ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।