Dailo News
२०८३ श्रावण २१ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २१ बिहीबार

झापामा किशोरीमाथि सामूहिक बलात्कार,६ जना पक्राउ

झापाको अर्जुनधारामा १६ वर्षकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक जना फरार छन् ।

किशोरीको बयानका आधारमा अर्जुनधाराको लंका होटलका कुक सुदीप श्रेष्ठ र सुजन डाँगी, अर्जुनधारा-७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, सुनिल राजवंशी छन् । आरोपी अर्जुनधाराकै सञ्जीव तामाङ फरार छन् ।

कोशी प्रदेशका प्रहरी प्रमुख चन्द कुबेर खापुङका अनुसार किशोरी बलात्कारमा संलग्न हरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको जनाए । किशोरीले शनिबार उजुरी दिएपछि तत्काल चार जनालाई पक्राउ गरेको थियो । थप दुई जना आइतबार पक्राउ परेका हुन् ।

किशोरीका अनुसार चिनजानका दुई जना युवाहरूले उनलाई शुक्रबार साँझ खाजा खाने वहानामा स्थानीय लंका होटल लगेका थिए । खाजा खाएर उनीहरू घुम्न भनी निस्केका र स्थानीय बाख्राहट्टीनजिकै उनीमाथि चार जनाले सामूहिक बलात्कार गरेका थिए । प्रहरीकाअनुसार पछि लंका होटलका कुक सुदीप श्रेष्ठ र सुजन डाँगीले उनलाई होटलमा राखेर बलात्कार गरेका थिए ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।