Dailo News
२०८३ श्रावण २१ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २१ बिहीबार

सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु ।

दैलो न्युज सुर्खेत ।

अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो ।

डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको थियो । ‘यद्यपि, त्यो कलमा कुनै कुराकानी हुन सकेन, ‘त्रिपल ०’ बाट थप दुई पटक कल गर्दा पनि सम्पर्क भएको थिएन’, अनुसन्धानमा संलग्न ब्यारी विन्सेन्टले भनेका छन् । जतिबेला पारामाट्टा प्रहरीले दाहालका पति ४० वर्षीय रविन्द्र सुवेदीसँग सम्पर्क गरे, त्यतिञ्जेलमा प्रहरीलाई घटनाबारे सूचना समेत आइसकेको थियो ।

प्रहरीले यो घटनामा प्रारम्भिक अनुसन्धानका लागि सुवेदीलाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछ र प्रारम्भिक जाँच गरेपछि तत्काल थप प्रमाण केही नदेखिएको भन्दै छाडेको थियो । दाहाल अष्ट्रेलियामा नर्सका रुपमा काम गर्दै आएकी थिइन् । उनीहरुले केही वर्षअघि मात्र विवाह गरेका थिए । तर, उनीहरुबीच आन्तरिक झगडा यसअघि प्रहरीसम्म समेत पुगिसकेको ७न्यूजले उल्लेख गरेको छ । पछिल्लो समय उनीहरु सँगै बस्न छाडेका थिए । प्रहरीले सीसी टीभी लगायतका प्राविधिक पक्षको जाँच गरेर अनुसन्धान गरिरहेको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।