Dailo News
२०८३ श्रावण २१ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २१ बिहीबार

मुना पाण्डे हत्या प्रकरण : एक ब्यक्ति प्रकाउ

अमेरिकाको ह्युस्टन शहरमा गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका बबि सिंह शाहलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । अदालतले उनको संलग्नता देखिने आधारहरु रहेको भन्दै जमानतमा छाड्न अस्वीकार गरेको छ । अर्को सुनुवाइ मंगलबार अमेरिकी समयअनुसार बिहान ९ बजे हुँदैछ

अदालतमा शाह पक्षका वकिलहरुले उनलाई जमानतमा छाड्नुपर्ने तर्क गरेका थिए । जवाफमा अभियोजनकर्ता पक्षले क्लोज सर्किट (सीसी) क्यामराको फुटेज र त्यसको विश्लेषण प्रस्तुत गरेको ह्युस्टनका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 ‘मंगलबार डिटेक्टिभहरुले उनको सेक्युरिटी सिस्टमको पासवर्ड फेला पारेका थिए, शनिबार अपार्टमेन्टको ढोका नजिकको फुटेज संकलन गरेका थिए’, क्लिकटुह्युस्टन डटकमले लेखेको छ, ‘फुटेजमा अपराह्न ८ः४० बजेतिर शाह उनको ढोकामा पुगेको देखिन्छ ।’

शाहले आफूसँग पेस्तोल बोकेका थिए र पटकपटक ढोका खोल्नलाई भनेका थिए । पाण्डेले ‘ह्वाट आर यू गोइङ टु डु (के गर्न लागेको) ?’ भन्दै प्रश्न गरेको पनि सीसी टीभीको अडियोमा सुनिने भनिएको छ ।

अनुसन्धान अधिकृतहरुलाई उधृत गर्दै लेखिएको समाचार अनुसार, २१ वर्षीया पाण्डेले ढोका खोल्नेबित्तिकै शाहले उनलाई भित्र धकेलेका थिए र ढोका बन्द गरेका थिए ।

एक घण्टापछि शाह अपार्टमेन्टबाट निस्किएको देखिएको छ । त्यही समयमा अपार्टमेन्ट वरिपरि बस्नेहरुले ठूलो आवाज सुनेको प्रहरीसँग बयान दिएका छन् । पाण्डेले सुरुमा बोकेको कालो पर्स बोकेर उनी निस्किएको शंका गरिएको छ ।

बुधबार प्रहरीले सीसी टीभीमा देखिएका संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना दिन भनेको थियो । त्यसको आधारमा उनलाई प्रहरीले अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिएको थियो । एबीसी १३ डटकमका अनुसार, अभियोग पत्रमा उल्लेख भएअनुसार पाण्डे हिलक्रफ्ट स्ट्रिट रेष्टुरेन्टमा नियमित ग्राहक थिइन् ।

रेष्टुरेन्टका सञ्चालकसँग सोधपुछ गर्दा उनले शाहलाई चिन्ने बताएका थिए । ‘रेष्टुरेन्ट सञ्चालक र शाहबीच बिजनेसको सम्बन्ध भएको अनुसन्धान अधिकृतहरुले भनेका छन्’, समाचारमा भनिएको छ । त्यसैले मुना र शाहबीच पनि चिनजान हुनसक्ने आशंका गरिएको छ ।’

अहिलेसम्म हत्याको कारण खुलेको छैन । हत्यामा प्रयोग भएको हतियार पनि बरामद भए नभएको पनि खुलेको छैन ।मुना सन् २०२१ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।