Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

एमसिए द्वारा १८ किलोमिटर प्रसारण लाइनको ठेक्का

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत प्रसारण आयोजनाअन्तगत बन्ने न्यू बुटवल–गोरखपुर १८ किलोमिटर अन्तरदेशीय प्रसारणलाइन निर्माण सम्झौता हस्ताक्षर भएको छ । नेपाल विद्युत प्राधिकरणले यो खण्डको निर्माण अति जरुरी रहेको भन्दै छुट्टै प्याकेजमा निर्माण गर्न दबाब दिएपछि एमसीएले छुट्टै बोलपत्र गरेको थियो ।

एमसीए नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन पहिलो वर्ष पूरा गर्दा पहिलोपटक प्रसारणलाइनको ठेक्का लगाएको छ । नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो १२३.६० लाख अमेरिकी डलरको सम्झौता भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।

अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसी तथा एमसिए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरे ।

अर्थ मन्त्रालयका सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्न र क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउन यो प्रसारणलाइन महत्वपूर्ण हुने बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल १८ किमिको यो प्रसारणलाइनले ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने बताए । एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले यो प्रसारणलाइन निर्माणको सम्झौताले थप २९७ किमि लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने बताए ।

बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसिए–नेपालले तयारी गरिरहेको एमसीए नेपालको दाबी छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।