दैलाे न्युज सुर्खेत
मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।
उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएकाे थियाे । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो जस्का कारण उनकाे निधन भएकाे जनाईएकाे छ ।
शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन् ।








