Dailo News
२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

अतिआवश्यक परेका उपभोक्तालाई आयल निगमको कार्यालयबाटै ग्यास वितरण

बजारमा खाना पकाउने ग्यास (एलपी) को आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै नेपाल आयल निगमले टेकुस्थित आफ्नो  कार्यालयबाटै सीधै ग्यास बिक्री वितरण सुरु गरेको छ । डिलरहरूबाट ग्यास पाउन नसकेका र अतिआवश्यक अवस्थामा रहेका उपभोक्ताहरूलाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था गरेको हो ।निगमको एलपिजी विभागका प्रमुख विनीतमणि उपाध्यायका अनुसार उपभोक्तालाई थप सहजीकरण गर्ने उद्देश्यले आजदेखि टेकु कार्यालयको परिसरबाटै विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराउन थालिएको छ ।

‘अहिले नेपाल ग्यासका सिलिन्डरहरू कार्यालयमा झारिसकिएको छ र यसको बिक्री वितरण तत्कालै सुरु भइसकेको छ’,  विभागका प्रमुख उपाध्यायले भने, ‘साथै, उपभोक्ताको मागलाई सम्बोधन गर्न एभरेष्ट र सुगम ग्याससँग पनि समन्वय भइरहेको छ, ती कम्पनीका ग्यास पनि केही समयभित्रै टेकुबाट उपलब्ध हुनेछन् ।’

नियमित डिलरबाट ग्यास प्राप्त गर्न नसकेका टेकु र आसपास क्षेत्र बासिन्दाका लागि सहज हुनेछ । ‘जसलाई एकदमै जरुरत छ र जसले डिलरबाट पाउनुभएको छैन, त्यस्ता ‘नीडी’  उपभोक्तारूलाई लक्षित गरेर हामीले यो कदम चालेका हौं’, उपाध्यायले थपे ।

आयल निगमको यो कदमले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र उपभोक्तालाई सरकारी निकायबाटै प्रत्यक्ष राहत दिन सहयोग पुग्ने विश्वास गरिएको छ ।

अहिले सिधै कार्यालयबाटै ग्यास वितरण सुरु गरेपछि उपभोक्ताहरूले ग्यासका लागि लामो समय कुर्नुपर्ने वा डिलरहरूमा धाइरहनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।