Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

‘भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’:प्रचण्ड

सुमित्रा चन्द।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध केही काम गर्न थालेपछि आफू नेतृत्वको सरकार ढालिएको बताएका छन् ।

प्रदेश स्तरीय बैठकका क्रममा सिराहा पुगेका प्रचण्डले कार्यकर्ता भेटघाटका क्रममा भ्रष्टाचारी र भूमाफियाले आफू नेतृत्वको सरकार ढालेका बताए ।

‘तपाईँहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’, प्रचण्डले भने ।ती माफियाहरुले नेपाली कांग्रेस र नेकपा एमालेलाई आफ्नो ठानेर सरकार निर्माण गरेको प्रचण्डले बताए ।

‘माओवादी केन्द्रका नेताहरुले बिस्तारै हामीलाई त खत्तमै पार्ने भनेर भ्रष्टाचारी जति डराए’, उनले भने ।अध्यक्ष प्रचण्डले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरे ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।