Dailo News
२०८३ श्रावण २० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २० बुधबार

प्रस्तावित प्रधान्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी ।

आश्विन १५ दैलो न्यूज सुर्खेत।

सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधान्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । संसीय सुनुवाइ समितिले आह्वान गरेको निर्धारित १० दिनभित्र ६ वटा उजुरी परेको हो । प्राप्त उजुरी समिति सदस्यहरूलाई वितरण गरिएको छ । राउतविरुद्ध सैनिक ऐनको व्याख्याका सम्बन्धमा प्रश्न उठाइएको छ ।

नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले अमेरिकाबाट उजुरी दिएका हुन् । राउतले गरेको सैनिक ऐनको व्याख्याका सम्बन्धमा प्रश्न उठाइएको छ । राउतले गरेको व्याख्याबारे सांसदहरूसँग विस्तृत छानबिन र प्रश्नोत्तर माग गरिएको छ । श्रीमतीसँग विवादित र झगडिया रहेको टिप्पणी गर्दै अर्को उजुरी परेको छ । कतिपय न्यायाधीशमाथि छानबिन गर्नुपर्ने दाबी गर्दै छानबिन कि हुँदैन भन्ने अर्को प्रश्न गरिएको छ । चितवनकी शुभलक्ष्मी थपलियाले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गाबारे अदालतले गरेको फैसलाले उठिबास लगाएको आरोप लगाउँदै उजुरी दिएकी छन् ।

उजुरीकर्ताले अदालत सुधारको उपायबारे धारणा समेत माग गरेका छन् । न्यायपालिकामा भैरहेका भ्रष्टाचारजन्य कार्यहरू समाधान हुन्छन् र जनताले सहज र प्रभावकारी न्याय सेवा पाउँछन् भन्ने ग्यारेण्टी के छ ? भनेर सोधिएको छ । बाजुराका गगन ऐडीले न्यायाधीश राउतसँग प्रमाण मूल्यांकन गर्ने क्षमता नै नभएको आरोप लगाउँदै उजुरी दिएका छन् । न्यायाधीश प्रकाशमान सिंह राउत सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न भएकाहरूलाई साधारण तारेखमा छाडिएको उल्लेख गर्दै यस्तो उजुरी दिएका हुन् ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।