Dailo News
२०८३ श्रावण १८ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १८ सोमबार

५८ लाख ठगी आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

श्रावण २७, दैलो खबर, सुर्खेत।

५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन् ।

लोकेन्द्र नारायण श्रेष्ठको जाहेरीले उनलाई बैंकिङ कसुरको मुद्दामा उनलाई बिगो बराबरको ५८ लाख २१ हजार जरिवाना र ७ दिन कैदको सजाय सुनाइएको थियो । त्यसैगरी क्षतिपूर्ति शुल्कवापत २ लाख ३२ हजार ८४० रुपैयाँ समेत दिलाउन भन्दै उच्च अदालत पाटनका न्यायाधीशद्धय लोहित चन्द शाह र ईश्वरराज आचार्यको इजलासले १६ मंसिर २०७७ मा फैसला सुनाएको थियो ।

उनले एक महिनाभित्र फिर्ता दिन्छु भन्दै श्रेष्ठको ५८ लाख २१ हजार रुपैयाँ सापटी लगेका थिए । पटक-पटक रकम फिर्ताका लागि मागेपछि उनले सनराइज बैंकको खाताबाट दुई वटा चेकमार्फत ५८ लाख २१ हजार रकम उल्लेख गरेर दिएका थिए । उक्त चेक बाउन्स भएपछि उनले कानुन प्रक्रिया अघि बढाएका थिए ।

झम्सी खेलबाट पक्राउ परेका ८१ वर्षीय वृद्ध पौड्यालाई फैसला कार्यान्वयनका लागि ललितपुरको नख्खु कारागार पठाइएको छ । सात दिनको कैद भुक्तान गरे पनि जरिवाना र क्षतिपूर्ति वापतको रकम नतिरेको अवस्थामा भने थप कैद बस्नुपर्ने हुन्छ ।

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।