Dailo News
२०८३ श्रावण २० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २० बुधबार

चितवनको घुमाउनेमा बस दुर्घटना १७ जना घाइते

भाद्र ९, दैलो न्युज, सुर्खेत।

मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरू मध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।
घाइतेहरूको नामावली
१.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष ४० की तारा भट्ट सामान्य ।

२.जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष २३ की हरिकला थापा सामान्य ।

३.जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष १९ को कैलाश वि.क.सामान्य ।

४.जि.कैलाली लम्किचुहा न.पा.३.बस्ने बस्ने वर्ष २७ की कृष्णा वि.क.सामान्य ।

५.जि.कैलाली लम्किचुहा न.पा.३.बस्ने वर्ष ३५ की जयन्ती बि.क.मध्यम ।

६.जि.कन्चनपुर भीमदत्त न.पा.८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार सामान्य ।

७.जि.कन्चनपुरको कन्चनपुर न.पा.३ बस्ने वर्ष २३ को समिदेवल राना मध्यम ।

८.जि.कैलाली गोदावरी न.पा.१२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट सामान्य ।

९.जि.बझाङ वित्थडचिर गा.पा ४ बस्ने वर्ष २२ को बसन्त बोहोरा मध्यम ।

१०.जि.कन्चनपुर भीमदत्त न.पा.१७ बस्ने वर्ष ३४ को धरम खड्का सामान्य ।

११.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष २० को दिपेश भट्ट सामान्य ।

१२.जि.दार्चुला महाकाली न.पा.६ बस्ने वर्ष २३को लक्ष्मण बम मध्यम ।

१३.जि.कन्चनपुर भीमदत्त न.पा.९ बस्ने वर्ष २५ को भिमसेन सार्की सामान्य ।

१४.जि.बैतडी दशरथचन्द न.पा.२ बस्ने वर्ष ३७ को जनक बिजाली सामान्य ।

१५.जि.कन्चनपुर भीमदत्त न.पा.४ बस्ने वर्ष २३ को विनोद सार्की सामान्य ।

१६.जि.डडेलधुरा गन्यापधुरा गा.पा.३ बस्ने वर्ष ३३ को देवबहादुर भुल सामान्य ।

१७.जि.चितवन भरतपुर म.न.पा.५ बस्ने वर्ष २५ को विपिन न्यौपाने मध्यम ।

 

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।