Dailo News
२०८३ श्रावण २२ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २२ शुक्रबार

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि प्रदेश मन्त्री चौधरीले दिए राजीनामा

दैलो न्युज सुर्खेत ।

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । मन्त्री चौधरीले शुक्रबार वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने अडियो सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।  मन्त्री चौधरीले शुक्रबार वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने अडियो सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।  त्यो अडियो पुरानो भएको बताए । 

मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएको थियो । तर त्यो भिडियो भदौतिरको भएको उनले बताए । 
उनले त्यसबेला भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तर नियत गलत नभएको दाबी गरे ।

अडियोमा मुख्यमन्त्रीलाई मिलाउने कुरा सुनिएको तर  आफूले त्यसो नगरेको बताएका छन् ।  सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि त्यसबेला आइतबार पारित गर्ने बताएका मन्त्रीले लेनदेन गरेको सुनिन्छ । त्यसमा मुख्यमन्त्रीलाई पनि दिनुपर्ने सुनिएको छ । मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको पत्रकार सम्मेलनमा बताए । 

उनले आफूले अडियोमा सुनिएजस्तो कुनै लेनदेन नगरेको दाबी गर्दै वन सम्बन्धि अनुभव नभएका कारण छलफलमा मात्र गरेको बताएका छन् । मन्त्री चौधरीले आफूमाथि छानबिन गर्न माग समेत गरेका छन् । छानबिनमा  दोषी देखिए कारवाही भोग्न तयार रहेको समेत उनले बताएका छन् । मन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका थिए । 

Picture of दैलो न्युज

दैलो न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।