२१ कात्तिक, दैलाे न्युज सुर्खेत
अमेरिकामा सम्पन्न राष्ट्रपती निर्वाचनकाे मतगणना जारी रहेकाे छ । ५० राज्यमध्ये ३० राज्यको नतिजा आइसकेको छ । हाल सम्मकाे प्राप्त नतिजा अनुसार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प २० स्थानमा र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले १० स्थानमा जित हासिल गरेका छन् ।
उक्त मतपरिणाम मतगणनामा यसअघि अनुमान गरिएको भन्दा फरक नआएको अमेरिकी सञ्चार माध्यमहरूले जानकारी गराएका छन् ।
निर्णायक मानिएको ७ स्वीङ स्टेटको नतिजा नआएसम्म नतिजा कसको पक्षमा जान्छ भन्न नसकिने अमेरिकी सञ्चार माध्यमहरूले खबर लेखेका छन् । ती स्टेटमा दुई उम्मेदवारहरुबीच मतान्तर निकै कम रहेको छ । यहाँ नतिजा जहाँ पनि जान सक्छ । अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ ।
राष्ट्रपति चुनावसँगै भइरहेको संसदीय चुनावमा पनि ट्रम्पको रिपब्लिकन पार्टीले अग्रता कायम गरिरहेको छ । यो चुनावमा ट्रम्पले जितेमा ४ वर्षपछि पुनः ह्वाइटहाउस फर्कनेछन् । ह्यारिसले जितेमा पहिलो अमेरिकी महिला राष्ट्रपतिको इतिहास बनाउनेछिन् । पछिल्ला ५ चुनावमा ३ वटा जित डेमोक्रेटिक पार्टीले निकालेको छ ।








